कपिलवस्तुका स्वास्थ्य चौकीमा औषधि अभाव, विरामी भारत जान बाध्य :: Pahilopost.com

कपिलवस्तु :  कपिलवस्तुको भगवानपुर स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ।  जिल्लाको दक्षिणी भेग तथा भारतको सीमामा पर्ने कृष्णनगर नगरपालिकाका–१२ मा रहेको भगवानपुर स्वास्थ्य चौकीमा अहिले सामान्य औषधि सिटामोलसमेत नभएको पाइएको छ।  अधिकांश स्वास्थ्य संस्थामा औषधिको अभाव हुँदा बिरामी मर्कामा परेका छन्।  स्वास्थ्य चौकीमा औषधि अभाव भएको महिनौँ बित्न लाग्दासमेत सरोकारवालाले

सम्बन्धित सामग्री

स्वास्थ्य संस्थामा औषधि अभाव

निःशुल्क रूपमा वितरण गर्ने औषधिको अभाव भएपछि सुनसरीको इनरुवा नगरपालिकाका वडामा रहेका स्वास्थ्य संस्थामा आउने सेवाग्राही रित्तो हात फर्कन बाध्य भएका छन्। ग्रामीण क्षेत्रमा मात्रै नभई जिल्ला सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रभित्र रहेका १० वटै स्वास्थ्य संस्थामा निःशुल्क वितरण गर्ने औषधि अभाव भएकाले सेवाग्राही मारमा परेका छन्। मङ्गलबारमात्रै इनरुवा नगरपालिका–९, बबियाकी भोलादेवी यादव आफ्नो पाँच वर्षीय नाति गौरव यादवलाई पखाला र ज्वरो लागेकोले उपचार गराउन बबिया स्वास्थ्य चौकी पुग्नुभयो तर स्वास्थ्यकर्मी बाहेक औषधि कुनै पनि पाउनुभएन।

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव

सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए । वडा तहमा सञ्चालित स्वास्थ्य केन्द्रमा दुई महिनादेखि सिटामोल र जीवनजल अभाव भएको उनको भनाइ छ । वडा नम्बर ८ का वडाध्यक्ष सत्यनारायण यादव औषधि अभावको समस्या समाधान

तिलाठी कोइलाडीमा सिटामोल र जीवनजल अभाव

सप्तरी – सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा सिटामोल, जीवनजलजस्ता अति आवश्यक औषधि अभाव भएको छ । गाउँपालिकाको एउटा प्राथमिक स्वास्थ्य केन्द्र, दुई आधारभूत स्वास्थ्य केन्द्र र पाँच स्वास्थ्य चौकीमा औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । स्वास्थ्य चौकीमा सिटामोल र जीवनजल नहुँदा बिरामी औषधिबिना घर फर्किन बाध्य भएको स्थानीय भरत मण्डलले बताए । वडा तहमा […]

स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि अभाव

सल्यान : सल्यानको छत्रेश्वरी गाउँपालिकाका स्वास्थ्य संस्थामा अत्यावश्यक औषधिको अभाव भएको छ। गाउँपालिकाले खरिद गरेर पठाउनुपर्ने औषधि समयमै नपठाउँदा गाउँपालिकाभित्रका सबै स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको हो।स्वास्थ्य संस्थामा पुगेका विरामीहरू औषधि नपाएर खाली हात फर्किन बाध्य छन्।मौसम परिवर्तनसँगै ज्वरो, पखाला लगायतका समस्या भएका बिरामी स्वास्थ्य संस्थामा जाने भए पनि जीवनजल समेत नहुँदा निजी मेडिकलबाट महँगो मूल्यमा किन्न बाध्य भएको स्थानीय रेमन्तजंग डाँगीले बताए। ५८ प्रकारका औषधि पाइनुपर

हुम्लाका सामुदायिक स्वास्थ्य संस्थामा औषधि अभाव

यतिखेर राहदेवको सामुदायिक स्वास्थ्य संस्थामा ज्वरो आउने, टाउको दुख्ने, बान्ता लाग्ने, वाकवाकी हुनेलगायतका बिरामीको उपचारका लागि औषधि नभएपछि उक्त क्षेत्रका स्थानीयवासी करिब दुई घण्टा लगाएर सर्केगाड स्वास्थ्यचौकीमा धाउन बाध्य भएको रोकायाको भनाइ छ।

सुर्खेतमा औषधि अभाव

सुर्खेतका स्वास्थ्य संस्थाहरुमा औषधि अभाव हुन थालेको छ । यहाँका अधिकांश स्वास्थ्यचौकीमा पखालाका बिरामीलाई दिइने जिन चक्कीको अभाव भएको छ ।  ६ महिनायता जिन चक्कीको अभाव रहेको स्वास्थ्यकर्मीहरु बताउँछन् । स्वास्थ्यचौकी आउने बिरामी जिन चक्की नहुँदा चर्को मूल्य तिरेर निजी स्वास्थ्य संस्थामा उपचार गर्न बाध्य छन् । सुर्खेतको रामघाटस्थित स्वास्थ्यचौकीका बरिष्ठ स्वास्थ्य सहायक धिरेन्द्र घर्तीले पखलाका बिरामीलाई खुवाउने जिन चक्कीको अभाव रहेको बताए । “पाँच/६ महिनादेखि स्वास्थ्यचौकीमा जिन चक्कीको

औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँमा औषधि अभाव देखिएको छ । स्वास्थ्य केन्द्रमा सामान्य औषधि पनि नहुँदा उपचारमा आउने बिरामी रित्तो हात फर्कन बाध्य छन् । पछिल्लो समय आयुर्वेदिक उपचारतर्फ मानिसको आकर्षण बढ्दै गएको अवस्थामा स्वास्थ्य केन्द्रमा स्वास्थ्य परीक्षण गर्नुबाहेक अन्य सुविधा नपाउँदा बिरामी निराश हुँदै फर्कने गरेको कार्यालयका वरिष्ठ कविराज निरीक्षक एवं सूचना अधिकारी बलभद्र वाग्लेले बताउनुभयो ।

सरकारी स्वास्थ्य संस्थामा औषधि अभाव, निजी मेडिकलकै भर

जाजरकोट : सरकारी स्वास्थ्य संस्थामा औषधि नहुँदा सर्वसाधरण मर्कामा परेका छन्। सरकारी स्वास्थ्य संस्थामा औषधि नपाउँदा निजी मेडिकलमा उपचार गर्न बाध्य भएको नागरिकको गुनासो छ।  वर्षायाममा सडक भत्किएको र जिल्ला अस्पतालले औषधि उपलब्ध नगराउँदा औषधि अभाव भएको अधिकारीहरुको भनाइ छ। जिल्ला स्वास्थ्य कार्यालय खारेज भई अधिकारविहीन भएक...

जुम्लाका स्वास्थ्य चौकीमा औषधि अभाव, बिरामीले सिटामोल पाएनन् - Naya Patrika

सरकारले गुणस्तरीय स्वास्थ्य सेवा दिने नारा घन्काए जुम्लाका सिंजा गाउँपालिकाका नागरिक भने स्वास्थ्य चौकीमा आएर औषधि नपाई रितो हात फर्कन बाध्य छन् । ‘नाम मात्रको स्वास्थ्य चौकी रहिछ, औषधि किन्न...पूरा पढ्नुहोस् »

दैलेखका ६७ स्वास्थ्य चौकीमा औषधि अभाव

जिल्लाको सदरमुकाममा रहेको जिल्ला स्वास्थ्य कार्यलयमा पछिल्लो समयमा बिरामीको निकै चाप बढेको छ । दिनमा २ सयभन्दा बढी बिरामीहरुको जाँच मात्र हुने गरेको छ । औषधि नहुँदा बिरामीहरु चेक गरेर निजि मेडिकलमा औषधि किन्ने पालो कुरेर बसेका पाइन्छ । जिल्लाका ६७ वटा स्वास्थ्य चौकीमा औषधिको अभाव रहेको छ । यस्तै आपतकालिन सेवामा पनि बिरामीहरु पालो कुर्न बाध्य भएका छन् ।