गत वर्षको बाढीपछि अनियन्त्रित बगेको मेलम्ची खोलालाई पुरानै धारमा फर्काउन तथा मेलम्ची बजार क्षेत्रको बस्ती जोगाउनका लागि आठ करोडभन्दा बढी खर्च भइसकेको छ । बाढीले पुरिएको बस्ती खोतल्दै स्थानीयवासी पुरानै थलोमा बस्न थालेका थिए, तर मेलम्ची बजार क्षेत्र फेरि जोखिममा परेको छ ।खोलाको बग्ने धार परिवर्तन भइरहेको छ, जीर्ण बनेको झोलुङ्गे पुल फेरि बाढीको उच्च जोखिममा छ । केही दिनदेखिको वर्षाका कारण यसै पनि जोखिममा रहेको मेलम्ची बजार थप जोखिममा परेको छ । मेलम्ची नदीमा आइरहने बाढीले बस्तीका नागरिकमा त्रास थपे