अमेरिकामा कोभिडको पाँचौ लहर उच्च विन्दुमा पुग्ने विज्ञको चेतावनी

अमेरिकामा हाल फैलिरहेको कोरोनाभाईरसको पाँचौ लहर चाँडै उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका छन् । डेल्टा भेरिअन्टका कारण तीब्र फैलिएको संक्रमण उच्च विन्दुमा पुग्ने विज्ञहरुले चेतावनी दिएका हुन् । 

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

कालिमाटी तरकारी बजारमा गोलभेँडा सडकमा फ्याँकेर किसानले विरोध जनाएका छन्। बढि मूल्यमा प्याज बेचे कारबाही गर्ने उपभोक्ता हित संरक्षण विभागले चेतावनी दिएको छ। गएराति आएको भिषण बाढी पहिरोका कारण पूर्वी नेपालमा ठूलो क्षति भएको छ। सेयर बजार परिचसूचक नेप्से ४ महिना यताकै उच्च विन्दुमा पुग्दै ५२ दशमलव २६ अंकले वृद्धि हुँदा करिब ५ अर्व रुपैयाँ बराबरको भएको छ।

अमेरिकामा एकैदिन थपिए झण्डै ११ लाख कोरोना संक्रमित

काठमाडौं : अमेरिकामा एकै दिन झण्डै ११ लाख जना कोरोना संक्रमण पुष्टि भएको छ। जोन्स हपकिन्स विश्वविद्यालयका अनुसार सोमबार एकै दिन १० लाख ८० हजार जना संक्रमित थपिएका हुन्। विश्वभर कुनै पनि देशमा अहिलेसम्म एकै दिन यति धेरै संक्रमित भेटिएका छैनन्। हाल अमेरिकामा भेटिएका सङ्क्रमतिमध्ये अधिकांशमा ओमिक्रोन भेरियन्ट देखिएको छ। स्वास्थ्य अधिकारीहरुले तीव्र गतिमा फैलिरहेको ओमिक्रोन भेरियन्टको लहर अझै उच्च विन्दुमा पुग्न बाँकी नै रहेको चेतावनी दिएका छन्। सरकारको चर्को आलोचनाका बाबजुद राष्

उल्टो बाटो समातेपछि ३६ % मा पुग्यो टर्कीको मुद्रास्फीति

पुस २०, आंकारा । टर्कीमा वार्षिक मुद्रास्फीति दर बढेर १९ वर्षकै उच्च विन्दुमा उक्लिएको छ । डिसेम्बरमा महँगी   ३६ प्रतिशतभन्दा धेरैले बढेको छ । यातायात, खाद्यान्न र अन्य दैनिक उपभोग्य सामानको भाउ बढ्दा मुद्रास्फीति बढेको हो । विश्वका अधिकांश केन्द्रीय बैकहरुले मुद्रास्फीति क मगर्न ब्याजदर बढाउँछन् । तर टर्कीले उल्टो बाटो समातेको छ ।  राष्ट्रपति तैयप इर्दोगनले मुद्रालाई स्थिर बनाउनुभन्दा निर्यातलाई प्राथमिकता दिंदा लिराको भाउ धराशयी भएको छ । गत वर्ष अमेरिकी डलरको तुलनामा लिराको भाउ ४४ प्रतिशत अवमूल्यन भएको थियो ।  सोमवार मात्रै यसमा अर्को ५ प्रतिशतको कमी आएको छ । लिराको भाउमा आएको कमीका कारण ऊर्जादेखि कच्चा सामानसम्म सबै आयातित सामान महँगो बनेको छ ।  मौद्रिक नीति उल्टिएन भने यो वर्षको बसन्ततिर मुद्रास्फीति बढेर ५० प्रतिशतसम्म पुग्न सक्ने चेतावनी अर्थशास्त्रीको छ । इर्दोगनले गत वर्ष केन्द्र बैंकको नेतृत्वमा व्यापक हेरफेर गरेका थिए । बैंकले सेप्टेम्बरयता मुद्रास्फीति १९ प्रतिशतबाट घटाएर १४ प्रतिशतमा ल्याएको छ । एजेन्सी

वैज्ञानिकहरूको चेतावनी– ओमिक्रोन भेरिएन्टले ल्याउनेछ विनाश

अफ्रिकी मुलुक बोत्स्वानामा पहिलोपटक देखिएको कोभिडको ओमिक्रोन भेरिएन्टलाई वैज्ञानिकहरूले अत्यन्तै चिन्ताजनक बताएका छन् ।  उनीहरूका अनुसार, यो भेरिएन्ट महामारीको दोस्रो संस्करणका रूपमा संसारभरि फैलिन र विनाश मच्चाउन सक्छ । यसैबीच अमेरिकाको न्युयोर्कका गभर्नरले राज्यमा कटकाल घोषणा गरेका छन् । अप्रिल २०२० पछि कोरोना संक्रमण दर उच्च विन्दुमा पुगेपछि संकटकाल घोषणा गरिएको हो ।  विशेषज्ञहरूले एकबाट अर्को देशमा यात्रा प्रतिबन्ध लगाउन सरकारहरूलाई आग्रह गरेका छन् ।  अमेरिकाले ओमिक्रोन रोक्नका लागि आठवटा अफ्रिक...

उच्च विन्दुमा पुगेको नारायणीकाे पानीकाे सतह घट्दै

नारायणी नदीमा पानीको बहाव विस्तारै घट्दै गएको छ । मङ्गलबार राति इतिहासकै उच्च विन्दुमा पुगेको पानीको बहाव घट्दै गएको हो । नदीको सतह मङ्गलबार राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो । सो समयमा पानीको बहाव एक करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो । अहिले बुधबार दिउँसो ४ बजे पानीको सतह केही घट्दै ७ दशमवल ७७ मिटरमा झरेको छ । नदीको पानी निरन्तर घट्ने क्रममा रहेको देवघाटस्थित जल मापन केन्द्रले जनाएको छ । यद्यपि पानीको तह घट्दै गए पनि चेतावनी तहभन्दा शुन्य दशमलव ४७ मिटर माथि नै पुगेको छ । त्यसैले उच्च सतर्क रहन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ ।

सुस्तायो चीनको कारखाना गतिविधि

जेठ ३, पेचिङ (चीन) । चीनको कारखाना गतिविधि सुस्ताएको छ । अप्रिलमा कारखाना गतिविधि सुस्ताउनुको साथै खुद्रा विक्री पनि अपेक्षा गरिएको भन्दा निकै कम भएपछि चीनको अर्थतन्त्रमा आइरहेको पुनर्बहालीमा नयाँ समस्या देखिएको चेतावनी अधिकारीहरुले दिएका छन् ।  चिनियाँ निर्यातकर्ताहरुकहाँ सुदृढ माग आइरहेको भएपनि विश्वको आपूर्ती शृङ्खलामा आएको अवरोध र कच्चा सामग्रीको बढ्दो लागतका कारण उत्पादन दबाबमा आएको बताइएको छ ।  फलतः गत वर्ष कोभिड–१९ का कारण देखिएको सुस्तीबाट भइरहेको आर्थिक पुनर्बहाली पनि सुस्तायो । गत वर्षको सोही अवधिको तुलनामा अप्रिलमा कारखाना गतिविधि ९ दशमलव ८ प्रतिशतले मात्रै बढेको राष्ट्रिय तथ्यांक विभागले सोमवार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।  यो अर्थशास्त्रीहरुले अनुमान गरे जत्तिकै भएपनि मार्चको तुलनामा भने निकै कम हो । मार्चमा कारखाना उत्पादन १४ दशमलव १ प्रतिशतले बढेको थियो ।  सोही अवधिमा खुद्रा विक्री १७ दशमलव ७ प्रतिशतले मात्रै बढेको छ । अप्रिलमा खुद्रा विक्री २४ दशमलव ९ प्रतिशतले बढ्ने अनुमान गरिएको थियो । मार्चमा भने यसमा ३४ दशमलव २ प्रतिशतको वृद्धि देखिएको थियो । चीनको अर्थतन्त्रमा अप्रिलमा निरन्तर सुधार देपखएको भएपनि नयाँ समस्याहरु विशेषगरी अन्तरराष्ट्रियस्तरमा कमोडिटीको मूल्य बढ्न थालेको एनबीएसका प्रवत्ता फु लिङहुईले बताए । घरेलु आर्थिक पुनर्बहालीको आधार अहिलेसम्म सुरक्षित नभएको फुले पेचिङमा पत्रकार सम्मेलनमा सोमवार भने । अप्रिलमा चीनको कारखाना मूल्यवृद्धि सन् २०१७ को अक्टोबरयताकै उच्च विन्दुमा उक्लिएको थियो । केन्द्रीय बैंकले गत हप्ता सार्वजनिक गरेको प्रतिवेदनअनुसार दोस्रो र तेस्रो त्रैमासमा यो झन् बढ्न सक्नेछ ।  सन् २०२० को शुरुमा कोरोना भाइरसको महामारीका कारण चीनमा कठोर लकडाउन गरिएको थियो । त्यतिबेला कारखाना गतिविधि ह्वात्तै घटेको थियो । फलतः गत वर्षको तुलनामा यस वर्षको ‘बेस इफेक्ट’ फिक्का हुँदा पनि अप्रिलमा वृद्धिदर सुस्त भएको हो । एजेन्सी