वाणिज्य बैंकहरूमा पछिल्लो एक साता ८ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स एसोसिएसनका अनुसार असोज २१ गतेसम्म कुल ४५ खर्ब ११ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा २८ गतेसम्म ४५ खर्ब १९ अर्ब कायम भएको छ । अघिल्लो साता (असोज १४ देेखि २१ सम्म) ८ अर्ब नै निक्षेप घटेको थियो ।