कोरोना प्रभावितलाई सहायता गर्न पाँचसय ५० खर्ब येनको आर्थिक सहायता प्याकेज

जापान सरकारले कोरोना भाइरस संक्रमणको महामारीबाट प्रभावितहरुलाई सहायता गर्न तथा देशको अर्थव्यवस्था पुनर्जीवित गर्ने उद्देश्यसहित मन्त्रिमण्डलले ५ सय ५० खर्ब ऐन (४ खर्ब ८० अर्ब डलर)को आर्थिक सहायता प्याकेज स्वीकृत गरेको छ । यो आजसम्मकै सबैभन्दा ठूलो सहायता प्याकेज हो । यसमा व्यावसायिक तथा पारिवारिक सहायतालाई सामेल गरिएको छ । सहायता अन्तर्गत १८ वर्ष र …

सम्बन्धित सामग्री

पाकिस्तानले साउदी अरबबाट पायो ८ अर्ब डलर वित्तीय सहायता

जेद्दाह (साउदी अरब) । साउदी अरबले विदेशी विनिमय सञ्चिति अभावबाट गुज्रिरहेको पाकिस्तानलाई ८ अर्ब डलर आर्थिक सहयोग गर्ने भएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफको साउदी अरबको भ्रमणका क्रममा दुई पक्षबीच पाकिस्तानलाई उक्त सहयोग गर्नबारे सहमति भएको हो ।  पछिल्लो समय विदेशी विनिमय सञ्चिति घट्दै गइरहेको पाकिस्तानलाई यो सहयोगले राम्रै टेवा दिने अपेक्षा गरिएको छ । आकाशिएको महँगी, घट्दै गइरहेको विदेशी विनिमय सञ्चिति, फारकिलो बन्दै गइरहेको चालु खाता घाटा र पाकिस्तानी रुपयाँको तीव्र अवमूल्यन आदि पछिल्लो समय पाकिस्तानले सामना गरेको मुख्य आर्थिक चुनौतीहरु हुन् ।   साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानसँगको भेटका क्रममा दुई पक्षबीच वित्तीय प्याकेजमा तेल खरिद सुविधाको रकम दोब्बर बनाउने, निक्षेप वा सुकुकमार्फत अतिरिक्त नगद उपलबध गराउने र विद्यमान ४ अर्ब २० करोड डलरको कर्जा सुविधा विस्तार गर्नेलगायत विविध विषयमा सहमति भएको छ ।  शरिफ समेतको टोली पाकिस्तान फर्किसकेको भएपनि अर्थमन्त्री मिफताह इस्माली भने वित्तीय प्याकेजको मोडालिटीबारे अन्तिम निर्णय गर्नका लागि साउदीमै छन् । वित्तीय सहयोगको प्राविधिक विवरणहरुमा काम भइरहेको र सबै कागजपत्रहरु तयार हुन केही हप्ता लाग्ने यस मामिलाबारे जानकार शीर्ष अधिकारीहरुको भनाई उद्धृत गर्दै सञ्चार माध्यमहरुले समाचार छापेका छन् ।  साउदी अरब भ्रमणका क्रममा शरिफले हाल १ अर्ब २० करोड डलर रहेको तेल सुविधा २ अर्ब ४० करोड डलरमा पुर्याउन प्रस्ताव गरेको थियो । यसमा साउदी अरबले सहमति जनाएको छ । यसबाहेक पनि विद्यमान ३ अर्ब डलरको निक्षेपको म्याद थपेर सन् २०२३ को जुनसम्म विस्तार गर्नेबारे पनि सहमति भएको छ ।  दुई पक्षबीच निक्षेप वा सुकुकमार्फत २ अर्ब डलरको अतिरिक्त प्याकेज उपलब्ध गराउनेबारे पनि छलफल भएको छ । साउदी अरबले सन् २०२१ को डिसेम्बरमा स्टेट बैंक अफ पाकिस्तानलाई ३ अर्ब डलर बराबरको निक्षेप उपलब्ध गराएको थियो । मार्च यता तेल सहुलियत सञ्चालनमा आरहेको छ । यसमार्फत साउदीले पाकिस्तानलाई तेल खरीदका लागि १० करोड डलर दिइसकेको छ ।  सन् २०१३ देखि सन् २०१८ को बीचमा मात्रै साउदीले पाकिस्तानलाई साढे ७ अर्ब डलर बराबरको आर्थिक प्याकेज उपलब्ध गराएको थियो । अर्थतन्त्र डगमगाउन लागेको बेलामा होस् वा भुक्तानी सन्तुलन संकटमा परेको समय होस् साउदीले पाकिस्तानलाई बेला बेलामा आर्थिक सहायता दिँदै आएको छ । प्रधानमन्त्री इमरान खानको पालामा पनि साउदीले पाकिस्तानर्ला ४ अर्ब २० करोड डलरको सहायता प्याकेज उपलब्ध गराएको थियो ।  गएको ६ देखि ७ हप्ताको बीचमा पाकिस्तानको विदेशी विनिमय सञ्चिति ६ अर्ब डलरले घटेर साढे १० अर्ब डलरमा झरेको छ । ऋणको सावाँ ब्याज भुक्तानीको म्यादहरु नजिकिँदै गर्दा विदेशी विनिमय सञ्चिति घट्न नदिन पाकिस्तानलाई सन् २०२२ को जुनसम्ममा ९ देखि १२ अर्ब डलर बराबरको वित्तीय सहायताको खाँचो छ । एजेन्सी

ईयूले पाँच खर्ब यूरोको आर्थिक सहायता प्याकेज ल्याउँदै

२८ चैत, काठमाडौं । यूरोपेली संघ (ईयू)ले कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण अहिले संकटमा परेको अर्थतन्त्रलाई टेवा दिन पाँच खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने भएको छ । बिहीबार ईयूका अर्थमन्त्रीहरुको बीचमा पाँच खर्ब …

https://www.onlinekhabar.com/2020/04/851978

काठमाडौं । जापानका प्रधामन्त्री सिन्जो आबेले कोरोना भाइरस (कोभिड-१९) बाट प्रभावित बनेको अर्थतन्त्रलाई टेवा दिन ९ खर्ब ९० अर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याउने तयारी भइरहेको बताएका छन् । सोमबार टोकियोमा बोल्दै उनले उक्त तयारी भइरहेको …

अमेरिकाले ल्यायो २० खर्ब डलरको आर्थिक सहायता प्याकेज

अमेरिकाले कोरोना भाइरसका कारण थलिएको आर्थिक क्षेत्रको उद्धारका लागि २० खर्ब डलरको आर्थिक सहायता प्याकेज ल्याएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीबाट समस्यामा परेको आर्थिक क्षेत्रलाई सहायता दिन २० खर्ब डलरको सहायता ...