राजस्व छलीका मुद्दा बढे

चालू आर्थिक वर्ष २०७८/०७९ मा राजस्व छलीका मुद्दा बढेका छन् । राजस्व अनुसन्धान विभागका अनुसार पहिलो त्रैमासिकको तुलनामा पछिल्लो दुई महिनामा मुद्दाको दर साढे दुई गुणाले बढेको हो । राजस्व चुहावट र विदेशी विनिमय गरेर पहिलो तीन महिनामा १६ वटा मुद्दा दर्ता भएकोमा पछिल्लो दुई महिनामा ४१ वटा मुद्दा थपिएर ५७ पुगेको राजस्व अनुसन्धान विभागका […]

सम्बन्धित सामग्री

विभागका महानिर्देशक पौडेलको छोटो समयमै सरुवा

काठमाडौं । राजस्व छल्नेहरूविरुद्धको कारवाहीलाई तीव्र बनाएका राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेललाई साढे आठ महिनामा नै सरुवा गरिएको छ । राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही थालिरहेका उनलाई एक्कासी सरुवा गरिएको हो । पौडेलको सरुवालाई चासोका रूपमा हेरिएको छ । चालू आर्थिक वर्षको साढे आठ महिनाको अवधिमा विभागले झन्डै २२ अर्ब रुपैयाँ राजस्व छलीका मुद्दा […] The post विभागका महानिर्देशक पौडेलको छोटो समयमै सरुवा appeared first on राजधानी राष्ट्रिय दैनिक.

रोकिएन राजस्व छलीका शृंखला

राजस्व अनुसन्धान विभागले राजस्व छल्लेविरुद्धको कारबाही तीव्र बनाएसँगै करोडौं रुपैयाँ राजस्व छलीको शृंखला धमाधम बाहिरिन थालेको छ । विभागको सक्रियतापछि पछिल्लो समय राजस्व छली गर्नेहरू धमाधम कानुनी दायरामा आउन थालेका छन् ।यसैक्रममा सोमबार मात्र राजस्व अनुसन्धान विभागले राजस्व छलीमा संलग्न विभिन्न फर्मका सञ्चालक तथा व्यक्तिविरुद्ध बिगो र जरिमानासहित कुल १९ करोड ६९ लाख ६३ हजार १६८ रुपैयाँ असुलको माग दाबीसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले विभिन्न गलत उपाय अपनाएर राजस्व छलीमा संलग्न भ

धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप

काठमाडौं । सरकारले राजस्व छल्नेहरूमाथि बढाएको अनुगमन तथा निगरानीसँगै अहिले राजस्व छलीका अनेकौं रूप धमाधम बाहिरिन थालेको छ । पछिल्लो समय राजस्व छली गर्नेहरूले विभिन्न तरिका अपनाएर सरकारी पक्षलाई झुक्याउने प्रयास गर्दै आएका छन् । तर, राजस्व छलीमा संलग्न तथा शंकास्पद व्यक्ति र फर्महरूमा गरिएको निगरानीकै कारण राजस्व छली गर्नेको पहिचान गर्दै विभिन्न अदालतमा मुद्दा […] The post धमाधम बाहिरिँदै राजस्व छलीका अनेक रूप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कर छलीका ५ सय बढी उजुरी

कर छलीका विभिन्न शीर्षकमा ५ सयभन्दा बढी उजुरी परेका छन् । राजस्व अनुसन्धान विभागले चालू आर्थिक वर्षको ६ महिनामा कर छली शप्र्षकमा ५०८ वटा उजुरी परेको जनाएको छ । यस अवधिमा ७ अर्ब ६२ करोड रूपैयाँ कर छली गरेको आरोपमा १ सय ६४ जनाबिरुद्ध मुद्दा दर्ता गरेको विभागको दावी छ । विभागका महानिर्देशक दीर्घराज मैनालीले यस अवधिमा सुन चोरीपैठारी गरी राजस्व छली गरेको तथा विदेशी विनिमय अपचलनमा १४ मुद्दामा १८ व्यक्तिबाट ३५ किलो ७५ ग्राम सुन जफत गरिएको जानकारी दिए ।