काठमाण्डौ – यूएईमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने गरी श्रम कानुनमा सुधार भएको छ ।यूएई सरकारले आफ्नो श्रम कानुनमा सुधार गर्दै यूएईको निजी क्षेत्रमा रोजगारदाताले श्रमिकको इच्छा विपरीत काममा लगाउन नपाइने,श्रमिकले अदालतमा मुद्दा लड्दा शुल्क तिर्न नपर्ने लगायतका विषयमा सुधार गरिएको गल्फ न्युजले खबर लेखेको छ । जर्बजस्ती काममा लगाउँदा श्रमिकले काम नगरेमा रोजगारदाताले कुनै पनि जरिबाना लिन पाउने छैनन् ।श्रम कानुनमा भएको सुधार अनुसार रोजगारदाताले श्रमिकको काम र पाउने ज्यालामा विभेद गर्न पाउने छ...