२० पुस, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलसहित नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी बुधबार बिहान साढे ९ बजे बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी कार्यालय पुगे । त्यहाँ करिब एक घण्टा भएको छलफलपछि उनी सिधै राष्ट्र बैंक छिरे र राष्ट्र बैंकका केही विभागीय प्रमुखहरुसहितका अन्य अधिकारीहरुको आकस्मिक बैठक बोलाए । बैठकमा गर्भनर अधिकारीले निजी क्षेत्रको माग बमोजिम चालुपूँजी […]