संसारमा आइसकेपछि एकदिन जानैपर्छ । यो शाश्वत सत्य हो । यसलाई कसैले रोक्न सक्दैन । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई पनि प्रकृतिको यही नियम लाग्यो । जाँदा सबै रित्तै जाने हो । खाली हात नै जाने हो ।
शताब्दी पुरुष जोशी पनि रित्तो हात नै जानु भएको हो । तर, फरक के हो भने उहाँका हात देश र समाजलाई केही न केही दिँदादिँदै रित्ता भए । उहाँ रित्तिएर जानुभयो । तर, जति रित्तिए पनि उहाँ भरिएको प्रमाण हो उहाँप्रति उर्लिएको श्रद्धाको भिड । यसरी दिँदादिँदै जाने बेला भने उहाँ भरिएर जानुभयो ।
विक्रम संवत् १...