प्रतिनिधिसभा सदस्यको शपथपछि पाण्डेको मुख्यमन्त्री पद जान्छ कि रहन्छ ?
वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे दोहोरो भूमिकामा देखिएका छन् । बिहीबार संघीय सांसदको शपथ लिएसँगै उनको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने देखिएको छ ।
काठमाडाैं । संवैधानिक जटिलता सिर्जना भएपछि वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री पदबाट राजीनामा दिने हुनुभएको छ । आज संघीय सांसदको शपथ लिएसँगै उहाँको भूमिका प्रदेशको मुख्यमन्त्री र प्रतिनिधिसभा सदस्यको रुपमा रहने भएपछि उहाँले राजीनामा दिने हुनुभएको हो । मुख्यमन्त्री पदबाट राजीनामा नगरी पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ लिएपछि चौतर्फी उनको आलोचना भइरहेको छ ।प्रदेश सरकारका […]
हेटौंडा : बागमती प्रदेशका बहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण गरेका छन्। बिहीबार संसद भवन नयाँबानेश्वरमा आयोजना गरिएको शपथग्रहण समारोहमा अरू सांसदले जस्तै पाण्डेले पनि शपथ ग्रहण गरेका हुन्। उनले मुख्यमन्त्री पदबाट राजीनामा दिइसकेका छैनन्।मुख्यमन्त्री पाण्डे मंसिर ४ मा सम्पन्न निर्वाचनमा धादिङ क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन्। उनले त्यस क्षेत्रमा आफ्ना पुराना सहकर्मी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीलाई हराउँदै
बागमती प्रदेश सरकारका वहालवाला मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे प्रतिनिधिसभा सदस्यमा धादिङबाट निर्वाचित भएका छन् । नेकपा (एकीकृत समाजवादी)को उपाध्यक्ष समेत रहेका पाण्डे वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार हुन् । नेकपा (एमाले) र राप्रपाका साझा उम्मेदवार एमालेका भूमि त्रिपाठीलाई ७ हजार ९ सय ८१ मत अन्तरले पराजित गराएका हुन् । प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार […]
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस भएका छन् । आगामी निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र डोटीले भट्टलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।२०७४ सालको निर्वाचनमा पहिलो प्रदेशसभा निर्वाचनमा डोटी जिल्लाको निर्वाचन क्षेत्र ‘ख’बाट निर्वाचित भट्टले २०७४ फागुन ५ गते मुख्यमन्त्रीको सपथ लिएपछि सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व सम्हालेका थिए ।
नेकपा (एकीकृत समाजवादी)ले प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी– १ वाट प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ।जिल्ला कमिटीको शनिवार बसेको बैठकले मुख्यमन्त्री राईसहित थप तीनजनाको नाम प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गर्ने निर्णय गरेको हो। जसअनुसार मुख्यमन्त्री राईसहित पदमा सुब्बा, लक्ष्मण चौधरी र जीवन राईको नाम सिफारिस गरेको नेकपा एसले जनाएको छ ।
११ भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस गरेको छ । शनिबार बसेको जिल्ला कमिटीको बैठकले धरान क्षेत्रबाट मुख्यमन्त्री राईसहित चार जनाको नाम प्रतिनिधि सभा सदस्यका लागि सिफारिस गरेको हो । मुख्यमन्त्री राईसँगै लक्ष्मण चौधरी, पदमा सुब्बा र जीवन राईको […]