मानव बेचबिखनको विरुद्ध बाँकेको खजुरा गाउँपालिकाले अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि गाउँपालिकाले सरोकारवालासँग समन्वय गरी सचेतना लगायतका विभिन्न काम गर्न लागेको जनाएको छ । गाउँपालिकाका अध्यक्ष डम्बर विकले समुदायमा जनचेतनाका कार्यक्रम सञ्चालन गर्ने, हराएका तथा बेचबिखनमा परेका महिला तथा बालबालिकाको खोजतलासलाई तीव्रता दिने, आवासीय विद्यालयलाई उद्धार गरिएका बालबालिका राख्ने वातावरण मिलाउनेलगायतका तयारी गाउँपालिकाले गरेको बताए ।उनले भने “मानव बेचबिखनको जोखिममा रहेका र पीडित तथा प्रभा