नेपालमा कोभिड–१९ विरुद्धको खोप अभियान धमाधम सञ्चालन भइरहँदा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाले अझै लगाउन पाएका छैनन् । यद्यपि त्यो समूहका बालबालिकालाई खोप प्रदान गर्ने घोषणा भने सरकारले गरिसकेको छ । बालबालिकालाई फाइजर खोप दिनका लागि खरिद सम्झौताको तयारी भइरहेको स्वास्थ्य विभाग महाशाखाअन्तर्गतको आपूर्ति शाखाले जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो उमेर समूहका बालबालिकाका लागि ८४ लाख मात्रा खोप आवश्यक पर्छ । सरकारले जेठ मसान्तसम्ममा ५ देखि ११ वर्ष उमेर समूहका बालब