मालिकाका २० बस्ती स्थानान्तरण गर्न सिफारिस

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकामा पहिरोको जोखिममा रहेको २० बस्ती स्थानान्तरण गर्न सिफारिस गरिएको छ

सम्बन्धित सामग्री

पहिरोपीडित दुई महिनादेखि विस्थापित

पहिरोले विस्थापित भएका ऐरावती गाउँपालिका–४ तिग्रापातलका पोमबहादुर मगर अहिले पनि अस्थायी टहरोमा छन् । गएको असोज १९ मा अविरल वर्षाका कारण पहिरोले बस्ती बगाउने जोखिम बढेपछि गाउँबाट विस्थापित भएको उनले सुनाए । ‘गाउँपालिकाले बस्ती स्थानान्तरणका लागि सिफारिस गरेको सुनेका छौं,’ उनले भने, ‘बस्ती स्थानान्तरण गर्ने वा गाउँमै पुनःस्थापित गर्नेबारे छिटो निर्णय भए यो जाडोमा कठ्यांग्रिनबाट बच्न सक्थ्यौं कि ।’

पर्वतमा पाँच बस्ती सार्न सिफारिस

वर्षायामको सुरुसँगै बाढीपहिरोको उच्च जोखिममा परेका जिल्लाका ५ बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका ती बस्ती तत्काल स्थानान्तरण गर्न राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको हो ।

बस्ती स्थानान्तरणमा जुटे युवा

भूपराज बस्याल, पर्वत  । १५ घर–परिवार रहेको दलित बस्तीलाई जिल्ला विपत् व्यवस्थापन समितिले उच्च जोखिममा राखेर बस्ती स्थानान्तरण गर्न सिफारिस गरेको भए पनि त्यसमा कसैको ध्यान पुग्न नसक्दा सोही स्थानका २७ वर्षीय युवा निर्भिकनारायण भुर्तेल बस्ती स्थानान्तरणमा जुट्नुभएको छ । ‘द निर्भिक फाउन्डेसन’ नामक संस्था खोलेर उहाँ पैयुँ गाउँपालिका–५ भुर्तेलथोकको आरुगैह्रमा रहेको बस्ती स्थानान्तरणको अभियानमा […]

दुई बस्ती स्थानान्तरण गर्न सिफारिस

हिमाली जुगल गाउँपालिकाका बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको विज्ञहरूले बताएका छन् । आउँदो बर्खा अगाडी नै ती बस्ती स्थानान्तरण गर्न उनीहरूले सरकारलाई सुझावसमेत दिएका छन् ।

सिन्धुपाल्चोकका दुई बस्ती स्थानान्तरण सिफारिश

२२ पुस, काठमाडौं । विपद् सङ्कटग्रस्त क्षेत्र सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका लिदीलगायत जोखिममा रहेका दुई बस्ती स्थानान्तरण गर्न विज्ञ समूहको टोलीले सिफारिश गरेको छ । गत असार र साउनमा आएको पहिराले लिदीमा मात्रै ३९ जनाको ज्यान गएपछि सरकारले उक्त क्षेत्रलगायत आसपासका जोखिम बस्तीको भौगर्भिक अध्ययनका लागि विज्ञको टोली एक महिनाअघि पठाएको थियो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण […]

दुई बस्ती तत्काल स्थानान्तरण गर्न सिफारिस

हिमाली जुगल गाउँपालिकाका दुई बस्ती बाढीपहिरोको उच्च जोखिममा रहेको विज्ञले औँल्याएका छन् । आउँदो वर्षात सुरु हुनु अगावै ती बस्ती स्थानान्तरण गर्न उनीहरुले सरकारलाई सुझावसमेत दिएका छन् ।

पर्वतमा सात वटा जोखिम बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सिफारिस

लगातारको वर्षाका कारण पहिरो जाँदा पर्वतको फलेवास नगरपालिकाका सात वटा बस्ती जोखिममा परेका छन् । वर्षाले पहिरो जाने, जमिन चर्किने र धाँजा फाट्ने समस्याले जोखिममा परेका सातवटा बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका छन् । नगरपालिकाको विपद् व्यवस्थापन समितिले नगरपालिकाका सात वटा बस्ती स्थानान्तरण गर्न सङ्घ र प्रदेश सरकारमा सिफारिस गरेको छ । सात वटा बस्तीका झण्डै १०० घरपरिवार जोखिममा रहेको भन्दै बस्तीनै स्थानान्तरण गर्नका लागि सिफारिस गरिएको नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिनुभयो । केही दिनदेखिको लगातारको वर्षापछि नगरपालिकाभित्र पुगेको क्षतिको नगरप्रमुख र प्राविधिकसहितको टोलीले अध्ययन र अनुगमन गरेपछि बसेको विपद् व्यवस्थापन समितिको बैठकले बस्ती नै स्थानान्तरण गर्नका लागि सिफारिस गरेको हो ।