पर्वतमा पाँच बस्ती सार्न सिफारिस

वर्षायामको सुरुसँगै बाढीपहिरोको उच्च जोखिममा परेका जिल्लाका ५ बस्ती स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको छ । जिल्ला विपत् व्यवस्थापन समितिले कुश्मा नगरपालिका र जलजला गाउँपालिकाका ती बस्ती तत्काल स्थानान्तरण गर्न राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सिफारिस गरेको हो ।