काठमाडौँका ३६ ठाउँमा बहुतले पार्किङ बनाउन प्रस्ताव माग, के के चाहिन्छ कागजात ?

काठमाडौँमा पार्किङको समस्या दीर्घ रोग जस्तै भईसक्यो । बेलाबेलामा काठमाडौँ महानगरपालिकाले ‘स्मार्ट पार्किङ’को हवला दिँदै लाइन लगाएर गाडी तथा मोटरसाइकल पार्किङको व्यवस्था गरेपनि यसले काठमाडौँको भद्रगोल पार्किङको समस्या समाधान गर्ने सम्भावना छैन ।अहिले बहुतले पार्किङको विषय चर्कोसँग बहसमा छ । टंकाल नजिकैको भाटभटेनीमा बहुतले पार्किङ बनेको छ । प्राईभेट सेक्टरले अन्य स्थानमा पनि बहुतले पार्किङ निर्माणको काम थालेका छन् । नगर विकास कोष तात्योबहुतले मेकानिकल पार्किङ निर्माणका लागि अहिले नगर विकास कोष जुरमुराएको छ । कोषले १ वा २ स्थानमा होइन, ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माणको लागि लगानी प्रस्ताव गरेको छ । कोषले शुक्रबार एक सूचना जारी गर्दै कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएका जग्गामा बहुतले मेकानिकल पार्किङ निर्माण तथा संचालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैर सरकारी संस्थासँग प्रस्ताव माग गरेको छ ।बहुतले मेकानिल पार्किङ निर्माण र सञ्चालनका लागि इच्छुकले माघ ७ गतेको मितिले १५ दिनभित्र प्रस्ताव पेश गर्नु पर्नेछ । कहाँ कहाँ बनाइँदैछ बहुतले पार्किङकोषले काठमाडौँ उपत्यकाका ३६ स्थानमा बहुतले मेकानिकल पार्किङ निर्माण गर्ने गरी सूचना निकालेको हो । कोषले जारी गरेको सूचनामा थापाथली, त्रिपुरेश्वर, कालिमाटी, टेकु, सोल्टीमोड, कंलकी, कुलेश्वर, बल्खु, नयाँ सडक (न्यू रोड), ठमेल, नयाँ बजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चाबहिल र मित्रपार्क सम्भाव्य स्थान तोकेको छ । प्रस्ताव पेश गर्दा के के चाहिन्छ ?त्यस्तै, लैनचौर, लाजिम्पाट, महाराजगंज, बालुवाटार, विशालनगर, भाटभाटेनी, ज्ञानेश्वर, नक्साल, गैरीधारा, हाडिगाँउ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपन्डोलमा यस्तो पार्किङ निर्माण तथा सञ्चालन गर्नेगरी प्रस्ताव पेश गर्नुपर्नेछ ।प्रस्ताव पेश गर्दा यस्तो पार्किङ निर्माण हुने जग्गाको लालपुर्जाको प्रतिलिपि, नापी नक्साकोे सक्कल प्रति, प्रस्ताव पेश गर्ने संघ संस्थाको नवीकरण, संस्था दर्ता प्रमाणप्रत्रको प्रतिलिपि र संस्थाको आधिकारिक निर्णय आवश्यक पर्ने कोषले जनाएको छ ।

सम्बन्धित सामग्री

बुटवलमा बहुतले पार्किङ भवन बनाउन नगर विकाससँग सम्झौता

बुटवलमा बहुतले पार्किङ भवन निर्माणका लागि बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच सम्झौता भएको छ । बुटवलमा बढ्दो सवारीको चाप र पार्किङ व्यवस्थित गर्न बुटवल उपमहानगरपालिका र नगर विकास कोषबीच लगानीका लागि सोमबार सम्झौता भएको हो ।

खुलामञ्च मास्ने निर्णयबाट महानगर किन फिर्ता हुनुपर्छ ?

अझ अहिले त कर्मचारीदेखि नेतासम्मले आफूलाई तलब सुविधासहित नेतृत्वमा पुर्‍याउने जनताप्रति चरम उपेक्षा गरिरहेको परिपे्रक्ष्यमा काठमाडौं महानगरपालिकाको युवा नेतृत्वबाट यो व्यवहार अपेक्षित थिएन ।

पार्किङ समस्या गम्भीर

सूचना र प्रविधिको विकाससँगै विकसित मुलुकमा २०–२५ वर्षपछि चालकरहित  सवारी साधन चल्ने सम्भावना देखिएको छ । जसले गर्दा ती मुलुकमा पार्किङको समस्या व्यवस्थापन हुँदैछ । नेपालमा भने त्यस्तो अवस्था आउन त्यो भन्दा निकै बढी लाग्छ । खासगरी नेपालका सडकको अवस्था तथा सूचना र प्रविधिको त्यति विकास हुन नसकेका कारण विकसित मुलुकमा दाँजोमा पुग्न निकै वर्ष पर्खनुपर्छ । त्यतिखेरसम्मका लागि सवारी साधन पार्किङमा गतिलो व्यवस्थापनको आवश्यकता देखिएको छ । काठमाडौंमा सार्वजनिक स्थल र पार्कहरु कम छन् । त्यसैले सकेसम्म यस्ता सार्वजनिक स्थल र पार्कहरु जोगाउन कम जग्गा भए पुग्ने बहुतले भर्टिकल पार्किङ बनाइनुपर्छ । मध्यम वर्गको उदयसँगै चार पांग्रे सवारी साधनको संख्या बढ्दो छ । राजधानी उपत्यका तीव्र शहरीकरणको प्रक्रियामा छ तर यो अत्यन्त अव्यवस्थित छ । त्यसो हुँदा ट्राफिक समस्या निकै गम्भीर बन्दै छ । यस्तोमा सडक विस्तार ट्राफिक समस्या कम गर्न सहयोगी हुने अपेक्षा गरिए पनि विस्तारित सडक पार्किङ क्षेत्र जस्तै बन्न थालेको छ । उपत्यकाका व्यस्त क्षेत्रहरु न्यूरोड, इन्द्रचोक, असन, ठमेल, त्रिपुरेश्वर पुतलीसडक लगायतका क्षेत्रमा पार्किङको समस्या हुने गरेको थियो । तर, सवारी साधनको संख्या वृद्धि भएसँगै यो समस्या चक्रपथबाहिरसमेत देखिन थालेको छ । सडक किनारामा जथाभावी पार्किङ गरेर आवागमनमै समस्या पार्ने गरिएको छ । ट्राफिक प्रहरीले नियमित रुपमा अनुगमन र कारबाही नगर्दा यस्तो प्रवृत्ति बढ्दो छ । बढ्दो बसाइँसराइका कारण काठमाडौं उपत्यका साँघुरो बन्दै गएको छ । उपत्यकामा सवारी साधनको संख्या  १३ लाख नाघेको अनुमान छ भने अन्य प्रदेशमा दर्ता भई यहाँ सञ्चालनमा आउने सवारी साधनको संख्या पनि धेरै नै छ । कुल सवारीसाधनमध्ये ३६ प्रतिशत बाग्मतीमै दर्ता भएका छन् । यहाँ दैनिक १० लाखभन्दा बढी गाडी गुड्ने अनुमान गरिएको छ । यो संख्या वर्षेनि बढ्दो क्रममा रहेको छ । तर, सवारी साधन पार्किङ गर्ने ठाउँको अभाव छ । भएका सार्वजनिक स्थल पनि अतिक्रमणमा परेका छन् । सरकारले सवारी साधन पार्किङका लागि ध्यान दिएको छैन भन्दा हुन्छ । सरकारले पार्किङकै लागि भनेर कुनै संरचना बनाएका छैन । बरु निजी क्षेत्रले यसमा केही काम गरेको छ । मल, होटल आदि ठूला भवनमा भूमिगत पार्किङ स्थल बनाइएका छन् । भाटभटेनीले त बहुतले भर्टिकल पार्किङ बनाएको छ । सरकारले पनि यस्तै पार्किङ स्थल बनाउने बताएको थियो तर अझसम्म प्रक्रियासमेत थालनी भएको छैन । निजी क्षेत्रले ६ महिनामा यस्तो पार्किङ बनाइसक्दा सरकारी काम भने घोषणामात्रै सीमित देखिएको छ । अन्य देशमा पार्किङको समस्या समाधान  गर्न स्थानीय सरकारले बहुतले पार्किङ बनाउने गरेको पाइन्छ । यहाँ पनि नगर विकास कोषले  त्यस्तै पार्किङ बनाउन प्रस्ताव आह्वान गरेको थियो तर यसमा एउटा मात्रै कम्पनी सामेल भयो । जग्गा आफै व्यवस्थापन गर्नुपर्ने अव्यावहारिक शर्तका कारण यस्तो भएको हुन सक्छ । काठमाडौं उपत्यकामा जग्गाको भाउ निकै बढेको छ । त्यसैले पार्किङ बनाउन कम्पनीहरुले चासो नदिएका हुन सक्छन् । त्यसैले सरकारले आफै जग्गाको व्यवस्थापन गरिदिनुपर्छ । पार्किङको व्यवस्था सहज नहुँदा सडक किनारमा गाडी पार्किङ गर्नुपर्ने बाध्यता एकातिर छ भने अर्कातिर यसले ट्राफिक व्यवस्थापनमा पनि समस्या थपिदिएको छ । काठमाडौंमा ट्राफिक जामको अवस्था भयावह बन्दै छ । कुनै काममा निक्लिएको यात्रु निर्धारित समयमा पुग्न नसक्ने अवस्था छ । यसले  मानिसहरुको समय खेर गएको छ । इन्धनको  व्यर्थ खर्च पनि यसले बढाएको छ । त्यसैले काठमाडौंमा बहुतले पार्किङ अत्यावश्यक भइसकेको छ । पार्किङ अभावले अर्थतन्त्रमा समेत असर पारेको देखिन्छ । समय र पैसा बढी खर्च हुने हुँदा त्यसलाई कम गर्न प्रमुख स्थलहरुमा बहुतले पार्किङ अनिवार्य भइसकेको छ । निजी क्षेत्रले यस्तो पार्किङ बनाउन नसक्नुमा जग्गाको अभाव हो । सरकारले जग्गाको उपलब्धता हेरेर पार्किङ बनाउन सक्छ ।   जग्गा किनेर बहुतले पार्किङ बनाउनु व्यावसायिक हिसाबले फलदायी नहुन सक्छ । काठमाडौंमा सार्वजनिक स्थल र पार्कहरु कम छन् । त्यसैले सकेसम्म यस्ता सार्वजनिक स्थल र पार्कहरु जोगाउन कम जग्गा भए पुग्ने बहुतले भर्टिकल पार्किङ बनाइनुपर्छ ।

थापाथलीमा बहुतले पार्किङ बन्ने

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली कर्यालयमा रहेको १ रोपनी हाराहारी जमिनमा बहुतले पार्किङ निर्माण हुने भएको छ । त्यसको लागि नगर विकास कोष संभाव्यता अध्यन गर्ने तयारी गरेको हो । उपत्यकाका विभिन्न स्थानमा बहुतले पार्किङ बनाउन आएका प्रस्तावमध्ये कोषले पाइलट प्रोजेक्टको रूपमा थापाथलीको खाद्य व्यवस्था तथा व्यापार कम्पनीको जमिनमा संभाव्यता अध्यन गर्न […]

काठमाडौं उपत्यकामा बहुतले पार्किङको अवधारणा, २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ । कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिए...

बहुतले पार्किङ बनाउन रू. ३ अर्ब ६० करोड लगानी : २ वर्षभित्र तयार गर्ने लक्ष्य

काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारीसाधनको चाप र पर्याप्त पार्किङ क्षेत्र नहुँदा हुँदै आएको सास्ती कम गर्न बहुतले पार्किङ बनाउने परियोजना अघि सारिएको छ । काठमाडौं उपत्यकामा बहुतले पार्किङ बनाउने चर्चाका बीच नगर विकास कोषले २ वर्षभित्रमा विभिन्न ३६ स्थानमा पार्किङ बनाउन ऋण लगानी गर्ने भएको छ । कोषले अहिले विभिन्न ३६ स्थानमा पार्किङ आवश्यक देखिएको भन्दै स्थानहरू तोकेर सम्बद्ध निकायहरूसँग प्रस्ताव माग गरेको छ । यी स्थानमा कम्तीमा १०० सवारीसाधन पार्किङ गर्ने संरचना विकास तथा निर्माण गर्दा करीब रू. ३ अर्ब ६० करोड लगानी आवश्यक पर्ने देखिएको छ । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाले कोषले आयोजना पहिचान भएका स्थानमा २५ वर्षसम्मका लागि ऋण लगानी गरिने बताए । ‘एउटा बहुतले पार्किङ भवन अर्थात् १०० सवारीसाधन अटाउन सक्ने संरचना विकास गर्न अधिकतम रू. १० करोडसम्म लागत पर्न जान्छ,’ सापकोटाले भने । सामान्यतया एउटा कार तथा सवारीसाधन पार्किङ गर्ने संरचना निर्माणमा न्यूनतम रू. ८ लाखदेखि अधिकतम रू. १० लाखसम्म लागत आवश्यक हुने आकलन गरिएको उनले बताए । यो लगानी कोषले ऋणका रूपमा गरिदिनेछ । अहिले छनोट भएका अधिकतम स्थानमा पार्किङ बनाइने उनले बताए । शहरी विकास मन्त्री तथा सचिवज्यूबाट पनि निरन्तर चासो आएकाले यो परियोजना कार्यान्वयनमा जाने उनको दाबी छ । स्थान छनोट, डिजाइनदेखि निर्माण सम्पन्न गर्दासम्म २ वर्षजति लाग्ने उनले बताए । कोषले सम्भावित ३६ स्थानमा आवश्यक पर्ने देखेर ती स्थान तोकेको भन्दै उनले अन्य स्थानबाट पनि प्रस्ताव तथा माग आएमा अध्ययन गरेर ऋण लगानी गरिने बताए । १५ दिनभित्रमा प्रस्ताव पेश गर्न भनेको कोषले आएका प्रस्तावहरूको अध्ययन गरेर अघि बढिने उनले बताए । कोषले शुक्रवार सूचना जारी गर्दै उक्त अवधिभित्र परियोजना निर्माण तथा सञ्चालन गर्न इच्छुक स्थानीय तह, सरकारी तथा गैरसरकारी संस्थाहरूसँग लिखित कागजात माग गरेको छ । कोषले बहुतले मेकानिकल पार्किङ बनाउन कम्तीमा ८ आनाभन्दा बढी क्षेत्रफल भएको जग्गा आवश्यक पर्ने उल्लेख गरेको छ । यसका साथै प्रस्ताव पेश गर्दा उक्त क्षेत्रफलसहितको जग्गाधनी प्रमाणपत्र (लाजपुर्जा)को प्रतिलिपि, नापी नक्साको सक्कल प्रति, संघसंस्थाको नविकरणसहितको दर्ता प्रमाणपत्रको प्रतिलिलि, प्रस्ताव पेश गर्ने संस्थाको आधिकारिक निर्णयजस्ता कागजातहरू पेश गर्न पनि कोषले आग्रह गरेको छ । उक्त सूचनाअनुसार कोषले सम्भाव्य स्थानहरूमा थापाथली, त्रिपुरेश्वर, टेकु, सोल्टीमोड, कलंकी, कुलेश्वर, बल्खु, नयाँसडक, ठमेल, नयाँबजार, पुतलीसडक, दरबारमार्ग, अनामनगर, बबरमहल, नयाँ बानेश्वर, पुरानो बनोश्वर, गौशला, चाबहिल, मित्रपार्क, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार,विशालनगर, भाटभटेनी,ज्ञानेश्वर, नक्साल, गैह्रीधारा, हाँडीगाउँ, मीनभवन, कोटेश्वर, पुल्चोक, जावलाखेल, सातदोबाटो, कुपण्डोल छन् ।