देशभर यतिबेला चुनावी माहोल छ । त्यसैले पनि गत शुक्रबार रिलिज भएका फिल्म ‘षडुकोण’ र ‘लक्का जवान’ ले राम्रो दर्शक पाउन सकेन छैन । चुनावले आफ्नो फिल्मको दर्शक घटाएको गुनासो रिलिज फिल्मका निर्माताहरु नै बताउँछन् ।यस्तो अवस्थामा जेठ ६ गतेबाट प्रदर्शन हुने फिल्म ‘सम्झना विर्सना’ ले भने प्रचार प्रसार बढाउँदै लगेको छ । चुनावी माहोल ६ जेठसम्म सकिने र फिल्मले दर्शक पाउने विश्वासका साथ निर्माण युनिटले प्रचार प्रसार बढाएको हो ।फिल्म रिलिजका लागि सम्पूर्ण तयारी पुरा भइसकेक