नबिल फ्लेक्सी क्याप फण्डले सूचीकृत शेयरमा लगानी बढायो

काठमाडौं । नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नबिल फ्लेक्सी क्याप फण्डले फागुन मसान्तको खुद सम्पत्ति मूल्य विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डले माघ महीनाको तुलनामा फागुन महीनामा सूचीकृत शेयरमा लगानी बढाएको छ । माघ मसान्तसम्ममा फण्डको सूचीकृत शेयरमा लगानी रू. ३३ करोड १७ लाख रहेकोमा फागुन मसान्तमा बढाएर रू. ३९ करोड ४७ लाख पुर्‍याएको हो ।  फण्डको न्याभ भने माघ महीनाको तुलनामा फागुन महीनामो केही घटेको छ । माघ मसान्तमा फण्डको न्याभ १० रुपैयाँ ३२ पैसा रहेकोमा फागुन मसान्तमा घटेर १० रुपैयाँ ३१ पैसा कायम भएको हो ।  त्यस्तै फण्डले फागुन मसान्तसम्ममा रू. २ करोड ४२ लाख नाफा कमाएको छ । माघ मसान्तमा भने फण्डले रू. २ करोड ४६ लाख नाफा कमाएको थियो । माघको तुलनामा फण्डको नाफा फागुन महीनामा केही घटेको छ ।  फण्डको कुल आम्दानी भने माघ मसान्तमा रू. ३ करोड ९ लाख रहेकोमा फागुन मसान्तमा बढेर रू. ३ करोड १७ लाख पुगेको हो ।  फण्डको मुद्धति निक्षेपमा माघ मसान्तमा रू. ५ करोड रहेकोमा फागुन मसान्तमा रू. ४ करोड रहेको छ ।   रिपाेट हेर्न यहाँ क्लिक गर्नुहाेस