जेठ १२ गतेदेखि म्युचुअल फण्ड निष्कासन गर्दै कुमारी क्यापिटल

जेठ ३, काठमडौं । कुमारी क्यापिटल लिमिटेडले जेठ १२ गतेदेखि नयाँ म्युचुल फण्ड निष्कासन गर्ने भएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना निष्कासनमा ल्याउन लागेको हो । क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरमा रू. एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई विक्रीमा ल्याउन लागेको हो । निष्कासन गरिने कुल इकाईमध्ये कुल विक्री भएको इकाईसंख्याको १५ प्रतिशत अर्थात् एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई विक्री गर्न लागेको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा सबै इकाई विक्री नभएमा जेट २६ गतेसम्म आवेदन म्याद थपिने क्यापिटलले बताएको छ । यो एक बन्दमुखी योजना हो । १० वर्ष अवधिको उक्त फण्डको इकाईमा आवेदकले धितोपत्र बोर्डबाट आस्बा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन् ।

सम्बन्धित सामग्री

कुमारी सुनौलो लगानी योजनाको इकाई आजदेखि निष्कासन तथा विक्री खुला

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आज अर्थात् बिहीवारदेखि कुमारी सुनौलो लगानी योजनाको इकाई निष्कासन तथा विक्री खुला गरेको छ । उक्त योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका १० करोड इकाई निष्कासन गरेको हो । धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेडका अनुसार हाल ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई सार्वजनिक निष्काशनमार्फत बिक्री गरिनेछ भने बाँकी रहेको ५ करोड इकाई सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरक मार्फत निरन्तर खरीदविक्री गरिने छ । साथै योजनाले १ करोड ५० लाख इकाई कोष प्रबर्द्धक कुमारी बैंक लिमिटेडका लागि छुट्याएको छ। सर्वसाधारण लगानीकर्ताले भने बाँकी ३ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा चैत १३ गते हुनेछ भने सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि चैत २३ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने उक्त योजना खुलामुखि योजना हो। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकती  पाएका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। म्युचुअल फण्ड निष्कासनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले योजना व्यवस्थापकलाई इक्राएनपी एएमसी क्वालिटी ३ रेटिङ्ग प्रदान गरेको छ। यसले क्यापिटलको व्यवस्थापन गुणता पर्याप्त मात्रमा आस्वस्थ हुन सकिने संकेत गर्दछ। त्यसैगरी, कोष प्रबर्द्धकलाई इक्रा नेपालले इक्रा एनपि इस्यूअर रेटिङ त्रिपल बी रेटिङ्ग प्रदान गरेको छ। यसले इस्यूअरमा मध्यम कर्जा जोखिम रहेको र वित्तीय दायित्व बहन गर्ने मामलामा पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ। विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्। कुमारी क्यापिटलका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत पुष्प शर्मासँगको अन्तरवार्ता पढ्न यहाँ क्लिक गर्नुहोस् । यो पनि पढ्नुहोस्।

दुई नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने, सेबोनबाट पाए स्वीकृति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट दुई नयाँ म्युचुअल फण्डले इकाई निष्कासन गर्नका लागि स्वीकृति पाएका छन् । सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ र कुमारी सुनौलो योजनाले इकाई निष्कासन गर्न सेबोनबाट अनुमति पाएका हुन् ।  सिद्धार्थ म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने सिद्धार्थ इन्भेष्टमेन्ट फण्डले १२ करोड इकाई निष्कासन गर्नका लागि स्वीकृति पाएको हो । कोष प्रवर्द्धक सिद्धार्थ बैंक र योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएसँगै यस योजनाले रू. १० अंकित दरका कुल १२ करोड बराबरको इकाई विक्री खुला गर्नेछ ।  त्यस्तै कुमारी म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने कुमारी सुनौलो योजनाले १० करोड इकाई निष्कासन गर्न सेबोनबाट फागुन ३ गते स्वीकृति पाएको हो । कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ । सेबोनबाट स्वीकृति पाएसँगै यस योजनाले रू. १० अंकित दरका कुल १० करोड बराबरको इकाई बिक्री खुला गर्नेछ ।

कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा

जेठ १२, काठमाडौं । कुमारी क्यापिटल लिमिटेडको अर्को म्युचुअल फण्ड कुमारी धनवृद्धि योजनाको इकाई आजदेखि विक्रीमा आएको छ ।  क्यापिटलले प्रतिइकाई रू. १० अंकित दरका रू. एक अर्ब २० करोड बराबरको १२ करोड इकाई विक्रीमा ल्याएको हो । कुल इकाईमध्ये कुल विक्री भएको इकाई संख्याको १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणमा विक्री गर्न लागिएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा बिहीवार कार्यालय अवधिपश्चात् छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिने छ भने सो समयसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा जेठ २६ गतेसम्म आवेदन दिन सकिने व्यवस्था छ ।  बन्दमुखी प्रकृतिको १० वर्ष अवधिको यस फण्डको इकाई खरीदका लागि आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था छ ।  साथै, मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सकिनेछ । क्यापिटललेनै इकाई विक्री प्रबन्धकको जिम्मेवारी पूरा गर्नेछ ।

कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि बोर्डबाट अनुमति पायो

वैशाख २८, काठमाडौं । कुमारी क्यापिटलले नयाँ म्युचुअल फण्ड सञ्चालनको लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले कुमारी धनवृद्धि योजना नामक फण्ड सञ्चालनको लागि बोर्डबाट वैशाख २२ गते अनुमति पाएको हो । फण्डले प्रतिइकाइ रू. १० का १२ करोड इकाइ निष्कासन गर्नेछ । योजना ब्यवस्थापक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

४ ओटा नयाँ म्युचुअल फण्ड सञ्चालनमा आउने तयारीमा, धितोपत्र बोर्डमा दिए निवेदन

कात्तिक ५, काठमाडौं । चार ओटा नयाँ छुट्टा - छुट्टै म्युचुअल फण्ड सञ्चालनमा आउने तयारीमा रहेका छन् ।  कुमारी सुनौलो लगानी योजना,सिटीजन्स सुपर ३० म्युचुअल फण्ड, सनराइज फोकस्ड इक्वीटी फण्ड र एनआइबिएल ग्रोथ फण्ड सञ्चालनमा आउन लागेका हुन् । ती चार ओटै योजनाले नियामक निकाय नेपाल धितोपत्र बोर्डमा इकाई निष्कासन गर्नका लागि निवेदन दिएसँगै सञ्चालनमा आउने तयारी गरेका हुन् ।  कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने तयारीमा रहेको कुमारी सुनौलो लगानी योजनाले ५ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको हो । योजना व्यवस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ ।  त्यसैगरी सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनको लागि सिटीजन्स सुपर ३० म्युुचुअल फण्डले १० करोड इकाई निष्कासन गर्नको लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा सिबिआइएल क्यापिटल लिमिटेड रहेको छ ।  सनराइज म्युुचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने सनराइज फोकस्ड इक्विटी फण्डले १२ करोड इकाई निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा  सनराइज क्यापिटल लिमिटेड रहेको छ ।   त्यस्तै एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउन लागेको एनआइबिएल ग्रोथ फण्डले १६ करोड इकाई सञ्चालन गर्नका लागि धितोपत्र बोर्डमा निवेदन दिएको छ । योजना व्यवस्थापकमा एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । ती चार ओटै म्युचुअल फण्डले आवश्यक प्रक्रिया पुरा गरेर नियामक निकाय धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र इकाई निष्कासन गर्नेछन् । हालसम्ममा नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा २५ ओटा म्युचुअल फण्ड सूचीकृत रहेका छन् ।

कुमारी धनवृद्धि योजनाले १२ करोड इकाई निष्कासन गर्न धितोपत्र बोर्डमा दियो निवेदन

असार १३, काठमाडौं । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने कमारी धनवृद्धि योजनाले इकाई निष्कासन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ ।   योजनाले १२ करोड इकाई निष्कासन गर्न असार १० गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । योजना व्यस्थापकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ । कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउन लागेको उक्त योजना बन्द मुखी योजना हो ।