कैलाली । संविधानको धारा १८२मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने भन्ने उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा यो समय सीमा भित्र सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपनि उपसभामुखको मनोनयन समेत दर्ता हुन सकेन । माघ २ गते सम्म प्रदेशमा सभामुख र उपसभामुख निर्वाचन भइसक्नु पर्ने हो । […]