नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी मंसिरमा हुने प्रदेश तथा प्रतिनिधि सभा चुनावमा ‘लार्जेस्ट’ पार्टी हुन एमालेलाई कसैले रोक्न नसक्ने दावी गरेका छन् । साथै उनले एमाले कसैसँग गलेर र लत्रेर नझुक्ने पनि बताए । ‘अहिलेसम्मको प्रारम्भिक आँकलनमा हामी प्रतिनिधि सभामा बहुमत वा त्यसको नजिक पुग्छौं । हामीभन्दा अगाडि अर्को कुनै पार्टी हुँदैन,’ नेता पौडेलको भनाइ छ ।विगतमा नेकपा गठनमा महत्वपूर्ण भुमिका निर्वाह गरेका पौडेल नेपालमा एउटा शक्तिशाली कम्युनिस्ट पार्टी बन्ने पनि बताउँ