काठमाडौं : देशभरका विभिन्न जिल्लाका प्रशासन कार्यालयले हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेका छन्। आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न भन्दै हतियार बुझाउन भनेको हो।प्रशासन कार्यालयहरूद्वारा आज जारी भएको सूचनामा आगामी कात्तिक ५ गतेभित्र इजाजत प्राप्त हतियार नजिकका प्रहरी कार्यालयमा बुझाउनु पर्ने भनिएको छ।बुझाइएको हतियार निर्वाचन सम्पन्न भएको एक हप्तापछि फिर्ता गरिने छ।शुक्रबार नै सूचना जारी गरेको जिल्ला प्रशासन का