भारत सरकारले नेपालका बाढी तथा प्राकृतिक प्रकोप प्रभावित परिवारहरूको लागि राहत सामाग्री प्रदान गरेको छ । शुक्रबार बिहान गृह मन्त्रालयमा आयोजित एक कार्यक्रममा भारतीय राजदूत नवीन श्रीवास्तवले गृह मन्त्री बालकृष्ण खाणलाई २ हजार थान टेन्ट र १० वटा मोटर बोट हस्तान्तरण गरेका हुन् ।हस्तान्तरण समारोहमा गृहमन्त्री खाणले राहत सामग्री सहयोगका लागि भारतीय जनता र भारत सरकारप्रति आभार व्यक्त गरे। नेपाल र भारतबीच सरकार–सरकारमात्रै नभएर जनता–जनताबीच सम्बन्ध रहेको उल्लेख गर्दै गृहमन्त्री खाणले उक