खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले प्राकृतिक विपत्तिमा परेका जिल्लाका १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको छ ।
आगलागी, बाढीपहिरो, हावाहुरी, चट्याङलगायत विभिन्न प्रकृतिका प्राकृतिक विपत्तिमा परेका पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले स्थापना भएको कोषले स्थापनाकालदेखि हालसम्म १०० घर पीडित परिवारलाई राहतस्वरुप सहयोग रकम उपलब्ध गराएको हो ।
विसं २०७२ मा खोटाङ सेवा समाज हङकङको सक्रियतामा आर्थिक सङ्कलन गरेर विसं २०७४ देखि जिल्लामा राहतस्वरुप सहयोग रकम वितरण गर्दै आएको कोषले स्थापना भए...