टर्की-सिरिया भूकम्प: झन्डै ४० हजार जनाको मृत्यु, सङ्ख्या अझ 'बढ्न सक्ने' - BBC News नेपाली
संयुक्त राष्ट्रसङ्घका अनुसार टर्की र सिरियामा उद्धार गर्ने चरण लगभग 'सकिने क्रममा छ' र त्यहाँ अब जोगिएका मानिसहरूको पुनर्स्थापनामा ध्यान केन्द्रित गरिनेछ।
टर्कीमा कम्तीमा ३५ सय र सिरियामा १६ सयजनाको मृत्यु भएको मंगलबार उद्धारकर्मीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन्। यो संख्या आठ गुनाले बढ्न सक्ने अनुमान विश्व स्वास्थ्य संगठनको छ।