काठमाडौं : नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको जवाफ नसुन्ने भएको छ। बजेट विवादमा मुछिएपछि संसदबाट आफ्नो धारणा राख्ने तयारी गरिरहेका अर्थमन्त्री शर्माको जवाफ नसुन्ने र बहिस्कार गर्ने निर्णय भएको हाे। एमालेका प्रमुख सचेतक विशाल भट्टराईले अर्थमन्त्री शर्मा बोल्ने भएपछि संसदमा अवरोध गर्ने निर्णय भएको जानकारी दिए। माओवादी केन्द्र भने बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नताबारे छानविनका लागि संसदीय समिति बनाउन तयार देखिएको छ। आजको संसद बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आफ