न्युजिल्यान्डको दक्षिणी टापुमा आएको बाढीका कारण सयौँ परिवार घर छोड्न बाध्य भएका छन् । उनीहरुलाई सुरक्षित ठाउँमा सारिएको छ । मुख्यगरी बुलर र नेल्सनमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।
ठूलो पानी परेपछि नेल्सनको मुख्य नदी मैताईमा बाढी आएको र नदीले प्राकृतिक धार परिवर्तन गरी घर, पाइप र सडकमा क्षति गरेको छ ।
बस्ती तथा जमिनमा दुई फिटभन्दा धेरै पानी जमेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उद्धार टोली र सुरक्षा निकायले जलमग्न सडकमा मानिसलाई आवश्यक सहयोग गरिरहेका छन् ।
बाढीका कारण ढलहरू फुटेकाले सुरक्षित पिउन...