जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको सवै पालिकाबाट राष्ट्रिय परिचयपत्र बन्ने बताएको छ । जिल्ला प्रशासन कार्यालय सिरहामा सेवाग्राहीको भिड अत्यधिक लाग्ने गरेको भन्दै एक सूचना जारी गरी असोज २ गतेबाट जिल्लाको १७ वटै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न लागिएको हो । सिरहा प्रमुख जिल्ला अधिकारी लालबाबु कवाडीको हस्ताक्षरमा जारी सूचनामा जिल्लामा २०७७ कात्तिक २६ गतेबाट राष्ट्रिय परिचयपत्र बनाउने कार्य भइरहेको भए पनि सेवाग्राहीको भीडभाडलाई मध्यनजर राखि राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण व