विकास भट्टराई, काठमाडौं। सर्वोच्च अदालतले बेलायतमा प्रधानमन्त्री कार्यालयअगाडि अनशन बसेका तीन नेपाली नागरिकको जीवन रक्षाका लागि बेलायतस्थित नेपाली राजदूतावासमार्फत वार्ता गर्न सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासलले बिहीबार अनशन बसेका ती तीनको जीवन रक्षाका लागि आवश्यक व्यवस्था मिलाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, परराष्ट्र मन्त्रालयलगायतलाई आदेश दिएको हो । आमरण अनशनमा […]
गोर्खा सैनिकहरूले बेलायती सेनाबाट सेवा निवृत्त सबैलाई समान पेन्सन र सुविधा माग गर्दै आएका छन् । आफूहरूले ब्रिटिश सैनिक सरह सेवासुविधा पाउनुपर्ने माग राख्दै उनीहरु १४ दिनदेखि बेलायतमा आन्दोलनरत छन् ।
काठमाडौँ – सर्वोच्च अदालतलले बेलायती प्रधानन्त्रीको कार्यालय अगाडि अनशनरत भूपू गोर्खा सैनिकको जीवनरक्षा गर्न भन्दै अन्तरिम आदेश दिएको छ । न्यायाधीश दीपककुमार कार्कीको एकल इजलासले संविधानको धारा १६ को सम्मानपूर्वक बाँच्न पाउने र धारा १८ को समानताको मौलिक हकको कार्यान्वयन गर्न तथा मानवीय दृष्टिले पनि उनीहरूको जीवन रक्षा…