खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरु आधार शिविरमा पुगेर रोकिएका छन् । बयासी वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमा नै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् ।कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका आठ हजार मिटर अग्ला १२ वटा हिमालको आरोहण गरेर विश्व कीर्र्तिमान