धवलागिरि हिमाल आरोही पहिलो नेपाली महिलालाई सम्मान

संसारको सातौं आठ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहण गर्ने पहिलो नेपाली महिलालाई आज बेनीमा सम्मान गरिएको छ।

सम्बन्धित सामग्री

आधार शिविरमै रोकिए धवलागिरि हिमाल आरोही

म्याग्दी । खराब मौसम र हिमपातका कारण धवलागिरि हिमाल आरोहणमा गएका आरोहीहरू आधार शिविरमा पुगेर रोकिएका छन् । ८२ वर्षीय स्पेनी आरोही कार्लोस सोरिया फोन्टेनसहित ४० जना आरोहीको समूह प्रतिकूल मौसमका कारण धवलागिरि हिमालको दोस्रो आधार शिविरमा पुगेर रोकिएका हुन् । विगत एक सातादेखि अनुकूल मौसमको प्रतीक्षामा आधार शिविरमै रोकिएको ८२ वर्षीय कार्लोसले आफ्नो फेसबुक पेजमा लेखेका छन् । कार्लोसले मनास्लु, लोत्से, सगरमाथा, अन्नपूर्ण, मकालुलगायत नेपालका ८ हजार मिटर अग्ला १२ ओटा हिमालको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका छन् । यी सबै हिमाल उनी ६० वर्षदेखि ८२ वर्षसम्मको २२ वर्षको समयावधिमा आरोहण गरेको बताइएको छ । धवलागिरि हिमाल चढ्न सन् १९९८ मा पहिलो प्रयास गरेका कार्लोस २ दशकयता ११औं पटक आरोहण गर्दा पनि धवलागिरिको शिखरमा पुग्न सकेका छैनन् । यो सिजनमा पूर्णिमा श्रेष्ठ, माया शेर्पा गरी चार नेपाली महिलासहित ४० जना धवलागिरि आरोहण क्रममा छन् । कार्लोस र नेपाली महिला आरोही गत भदौ २८ गते म्याग्दीको मंगला गाउँपालिकाको बाबियाचौरबाट हेलिकोप्टरमा धवलागिरिको सबैभन्दा तलको इटली क्याम्प पुगेका थिए । धवलागिरि पदमार्गमा पर्ने बेनी–दरबाङ सडकको मालिका–६ मा पहिरोले यातायात अवरुद्ध भएपछि पर्वतारोही र सामग्री हेलिकोप्टरबाट बेसक्याम्प पु¥याइएको थियो । रासस