आज असार १० गते । संविधानतः ७५३ वटा स्थानीय तहहरुले नै असार १० गतेभित्र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययसहितको वित्तीय खाका (बजेट) ल्याउनुपर्ने प्रावधान रहेको छ । सोही व्यवस्था बमोजिम आज स्थानीय सरकार अर्थात् स्थानीय तहहरुले बजेट ल्याउँदैछन् । केही पालिकाहरुले भने असार १० गते अगावै बजेट ल्याइसकेका छन् । यस्तै केहीले भने शुक्रबार १० बजेसम्मका घोषणा गरिसकेका छन् । हालसम्म प्राप्त रिपोर्ट अनुसार ५ वटा प्रदेशबाट कुल १० वटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट सम्बन्धित पालिका