गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिनको लागि बसेको प्रदेश सभाको बैठक आधा घण्टाको लागि स्थगित भएको छ ।
मुख्यमन्त्री पोखरेलले राखेको प्रस्ताव माथिको छलफल सकिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।
छलफलमा भाग लिँदै निवर्तमान मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले अहिलै पोखरेललाई विश्वासको मत दिन नसक्ने बताए ।
‘अर्को पटक विश्वासको मत लिने परिस्थिती भएछ भने सोचौंला, अहिले दिन सकिदैन’ गुरुङले भने । आधा घण्टाका लागि भन्दै पौने ३ बजे स्थगित...