सगरमाथा क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि सुरु भएको हिमपात अहिले पनि जारी रहेको स्थानीयले बताएका छन् । चैतमा परेको हिउँले खुम्बु क्षेत्र सेताम्मे बनेको छ भने पर्यटकदेखि बालबालिका हिउँ खेलेर रमाइरहेका खुम्जुङका स्थानीय छिमी शेर्पाले बताउनुभयो । उहाँका अनुसार खुम्बु क्षेत्रमा आठदेखि दश इन्चसम्म हिउँ जमेको छ । जमिन तातिएकाले केही समयमै हिउँ […]
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले सेताम्मे बनेको छ । हिजो पानी परेपछि गएराति हिमपात हुँदा खुम्बु क्षेत्र हिउँले ढाकेको हो ।
हिमपातका कारण लुक्ला भन्दा माथिल्लो क्षेत्र मनमोहक बनेको सगरमाथा राष्ट्रिय निकुञ्ज नाम्चेका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार हिमपातपछि विदेशी तथा स्वदेशी पर्यटक हिउँ खेल्न पुगेका छन् ।
वैशाखमा समेत हिउँ खेल्न पाएपछि निकुञ्ज क्षेत्रमा आएका पर्यटक उत्साहित भएका छन् । निकुञ्जको कार्यालय रहेको ठाउँ मुख्य भ्यु पोइन्ट भएकाले अहिले निकुञ्ज क्षेत्र हिउँ ...
सोलुखुम्बु - सोलुखुम्बुको खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । खुम्बु क्षेत्रमा गएकाे शुक्रवारदेखि निरन्तर हिमपात भएकाे हाे।
नाम्चेमा मात्रै करिब ४ इन्चभन्दा बढी हिउँ जमेको छ भने नाम्चेभन्दा माथिल्लो क्षेत्रमा झनै बाक्लो हिउँ जमेको नाम्चेका पर्यटन व्यवसायी लामाजी शेर्पाले बताउनु भयाे। हिमपातसँगै पर्यटकहरु हिउँमा रम्न थालेका सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले बताउनुभयो ।
शनिवार हिजाे दिनभर हिउँ परेर आज बिहानदेखि घाम लागेसँगै खुम्बु क्षेत्र हिउँले टल्किए...
साेलुखुम्बु - निरन्तरको हिमपातका कारण उच्च हिमाली भेग खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । गएकाे शनिवारदेखि निरन्तर भइरहेको हिमपातले खुम्बु क्षेत्र पूरै हिउँले ढाकेको स्थानीयले बताएका छन् ।
लुक्ला, नाम्चे, खुम्जुङ, स्याङबोचे सहितका बस्तीहरु हिउँको चपेटामा परेका छन् । नाम्चे क्षेत्रमा अहिले करिब २ फिट जति हिउँ जमेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा अझ बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयाे ।
भारी हिमपातका कारण त्यहाँका स्थानीयवासी घ...