हिउँले ढपक्कै ढाक्यो खुम्बु, बाटो भेट्टाउनै मुस्किल (फाेटाे फिचर)

साेलुखुम्बु - निरन्तरको हिमपातका कारण उच्च हिमाली भेग खुम्बु क्षेत्र हिउँले ढपक्कै ढाकेको छ । गएकाे शनिवारदेखि निरन्तर भइरहेको हिमपातले खुम्बु क्षेत्र पूरै हिउँले ढाकेको स्थानीयले बताएका छन् । लुक्ला, नाम्चे, खुम्जुङ, स्याङबोचे सहितका बस्तीहरु हिउँको चपेटामा परेका छन् । नाम्चे क्षेत्रमा अहिले करिब २ फिट जति हिउँ जमेको छ भने त्यसभन्दा माथिल्लो क्षेत्रमा अझ बढी रहेको सगरमाथा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत भूमिराज उपाध्यायले जानकारी दिनुभयाे ।  भारी हिमपातका कारण त्यहाँका स्थानीयवासी घ...