मेलम्ची खानेपानी विकास समितिले मेलम्ची बाढीले कटान गरेको बाटो खुलाउने तयारी गरेको छ । यसबारे आज ठेकेदार कम्पनी, परामर्शदाता कम्पनीसँग छलफल भएको प्रवक्ता राजेन्द्र पन्तले जनाकारी दिए । मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकामा पर्ने सडक कटान गरेको छ भने ३ वटा पुल बगाएको छ । आयोजनास्थलमा क्षतिको अवस्था मूल्याङ्कनका लागि मेलम्ची खानेपानी परियोजनाका पदाधिकारी, ठेकेदार कम्पनीले स्थलगत अध्ययन गर्ने तयारी भएको छ । अह