मकैका हरिया बोटमा घोगा लाग्ने बेला हो, यो । तर घोगा लाग्न नपाउँदै बोट सखाप हुन थालेका छन् । अमेरिकी फौजी किराले हलक्क बढेको मकैका हरिया बोटलाई मात्रै खाएको छैन, किसानहरूको मेहनत र मनलाई पनि खाइरहेको छ । नेपालका थुप्रै जिल्लामा मकैलगायत विभिन्न बालीलाई अमेरिकी फौजी किरा (Fall Army Worm) ले सताइरहेको छ ।&nbs…