काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताउनुभएको छ ।
सोमवार संसद् बैठकपछि सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष नेपालले सत्ता समीकरणमा जाने रुचि नभएको बताउनुभएको हो । उहाँले सरकारलाई विश्वासको मत दिने वा नदिने विषयमा भाेलि मङ्गलवार बिहान सचिवालयको बैठकले निर्णय गर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारलाई विश्वासको मत दिने/नदिने विषयमा मङ्गलवार बिहान सचिवालयको बैठक बस्दैछ । सत्ता समीकरणमा जाने हाम्रो रुचि छैन । अहिल...