एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया सहज र स्वाभाविक नलागेरै समिति गठन गरिएको हो : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताउनुभएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालले उक्त शेयर बिक्री प्रक्रियाका सहज र स्वाभाविक नलागेर नै सरकारले तत्काल निर्देशन र समिति गठन गरी छानबिन प्रक्रिया अघि बढाएको स्पष्ट गर्नुभयो । उहाले भन्नुभयो, “यसमा कहीँ न काहीँ गलत छ भन्ने लागेकै हुनाले छानबिन समिति बनाइएको हो । अध्ययन तथा छानबिन समितिको यकिन रायसुझावसहितको प्रतिवेदन प्राप्त भएपछि सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूको नियमन, विदेशी लगानीको वातावरण निर्माणमा थप सहजीकरण, विदेशी मुद्रा सटही सुविधा र कर प्रशासनमा सुधारका लागि आवश्यक कदम चाल्नेछ ।” उहाँले एनसेल प्रकरणमा कतै कसैबाट कानुन विपरीतका काम कारबाही भए गरेको पाइएमा कानुनबमोजिम हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेकोबारे समितिलाई जानकारी गराउनुभयो । यसको संवेदनशीलता करमा मात्र सीमित नभएको जनाउँदै प्रधानमन्त्री दाहालले विदेशी लगानी भित्र्याउने प्रक्रियामा समान्य त्रुटि गरिएमा राष्ट्रका लागि ठूलो क्षति हुन सक्नेतर्फ समेत सरकारले गम्भीररुपमा लिएको बताउनुभयो । प्रधानमन्त्री दाहालले सो विषयलाई सरकारले गम्भीरतापूर्वक लिँदै त्यस सम्बन्धमा भए गरेका काम कारबाही तथा समग्रमा यसले नेपालको राजस्व, लगानी र दूरसञ्चारको विकासमा पर्ने पार्ने प्रभावका बारेमा गहन र विस्तृत अध्ययन तथा छानबिन गर्नुपर्ने आवश्यकता महसुस गरी पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा पाँच सदस्यीय अध्ययन तथा छानबिन समिति गठन गरेको बताउनुभयो । उक्त समितिलाई एनसेलको हालै भएको भनिएको शेयर खरिद–बिक्री र हक हस्तान्तरण सम्बन्धमा भए गरेका काम कारवाहीहरूको विस्तृत अध्ययन तथा छानबिन गरी यसबाट नेपालको दूरसञ्चार क्षेत्र र विदेशी लगानीमा पर्ने असर, दूरसञ्चार सेवा नियमन तथा सञ्चालन र नेपाल सरकारको कर तथा राजस्वमा पर्न सक्ने असर तथा प्रभाव विश्लेषण गरी तत्काल चाल्नुपर्ने कदम तथा नेपालको दूरसञ्चार क्षेत्रका लागि भविष्यमा गर्नुपर्ने सुधारका सम्बन्धमा समेत अध्ययन विश्लेषण गरी रायसुझावसहितको प्रतिवेदन ३० दिनभित्र पेस गर्ने कार्यादेश दिइएको छ । प्रधानमन्त्री दाहालले एनसेल आजियटाको स्वामित्वमा रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको आठ सय पाँच शेयर न्यून मूल्याङ्कन गरी खरिद–बिक्री भएको तथा उक्त कारोबारमा करछलीको योजना गरिएको भन्ने समेतका विषयहरू विभिन्न सञ्चारमाध्यममा प्रकाशन र प्रसारण भएपछि सो सम्बन्धमा विभिन्न क्षेत्रबाट चासो व्यक्त गरिएको बारे पनि समितिलाई जानकारी दिनुभयो । प्रधानमन्त्री दाहालले आफू जलवायु परिवर्तनसम्बन्धी कोप–२८ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त अरब इमिरेटसको दुबइमा रहेकै बेला सो खरिद–बिक्रीको काम भएको भन्ने समाचार आएकाले स्वदेश फर्कनासाथ अध्ययन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको स्पष्ट गर्नुभयो । प्रधानमन्त्री दाहालले छानबिन समितिले नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिष्ट्रारको कार्यालय, उद्योग विभाग, नेपाल राष्ट्र बैङ्क, आन्तरिक राजस्व विभाग र अन्तर्गतका करदाता सेवा कार्यालय र धितोपत्र बोर्डसँग समन्वय गरी कागजात र विवरण संकलन गर्ने र सोको विश्लेषण गर्ने कार्य गरिरहेका बैठकलाई जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालले ती नियामक निकायहरूले आ–आफ्नो क्षेत्राधिकारमा रही वैदेशिक लगानीसमेत रहेको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको वैदेशिक लगानी, शेयर खरिद–बिक्री, कर राजस्व, विदेशी मुद्रा सटहीसमेतको विषयमा प्रमाण तथा कागजात संकलन समेतको कार्य गरिरहेको अवगत गराउनुभयो । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले एनसेलको ८० प्रतिशत शेयर अर्को विदेशी कम्पनीलाई बिक्री गरेको भन्ने समाचार सञ्चारमाध्यममा आएपछि प्रधानमन्त्री र आफ्नो मन्त्रालयले तत्कालै आवश्यक चासो लिई नियामक निकायसँग बुझ्ने काम भएको जानकारी दिइन् । उनले भनिन्, “एनसेलको शेयर बिक्री वितरण गर्न नियमन निकाय स्वीकृत लिनुपर्नेमा त्यो नभएको अवस्था छ, बिक्री अन्तरराष्ट्रिय मूल्य मान्यताअनुरुप छ/छैन, त्यससम्बन्धी कानुन केकस्तो छ भन्नेबारे सरोकारवाला निकायसँग छलफल भएको र त्यसपछि मन्त्रिपरिषद्बाट विस्तृत अध्ययन छानबिन समिति गठन गरिएको छ ।” मन्त्री शर्माका अनुसार, छानबिन समितिले अहिले काम अघि बढाइरहेकाले वैदेशिक लगानीको अवस्था, शेयर खरिद– बिक्रीको पारदर्शिता, कर र राजस्वको विषय के भएको छ । ऐन नियमको पालना भएको छ कि छैन भनी समितिले अध्ययन गर्ने छ । छ वर्षपछि एनसेल सरकारको मातहत आउँदैछ । नेपालको दूरसञ्चार क्षेत्रको विकासमा देखापरेका समस्या खासगरी विदेशी लगानी नेपालमा कसरी आकर्षण गर्ने, पारदर्शिता कायम गर्ने पाटोमा देखिएका चुनौतीलाई सम्बोधन गरिने उनले बताइन्। मन्त्री शर्माले एनसेलका विषयमा उठेको विषयलाई सरकारले अत्यन्त गम्भीरताका साथ अध्ययन र छलफल गरेर निष्कर्षमा प्रयत्न गरिरहेको जानकारी दिँदै त्यस सम्बन्धमा देखिएका कमीकमजोरी र समस्या समाधान गर्न निर्देशनभएअनुरुप काम अघि बढाइएको जानकारी दिइन्। रासस

सम्बन्धित सामग्री

प्रेस युनियनद्वारा परामर्श समिति गठन

काठमाडौँ– नेपाल प्रेस युनियनले ‘नेपाल प्रेस युनियन केन्द्रीय परामर्श समिति’ गठन गरेको छ । युनियनका अध्यक्ष शिव लम्सालले आज ६१ सदस्यीय केन्द्रीय परामर्श समिति गठन गरिएको जानकारी दिए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्रको प्रवद्र्धन, युनियनको संस्थागत विकास र संगठनको मूल्य-मान्यता र आदर्शलाई आत्मसाथ गर्दै युनियनको बृहत् हितका लागि समिति गठन गरेको उनको भनाइ छ […]

राप्रपाः संसदीय समिति गठन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा संसदीय समिति गठन गरेको छ।...

प्रश्नपत्र हुबहु : त्रिविद्वारा छानबिन समिति गठन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति गठन गरिएको जानकारी दिए । उनका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरिएको छ । रजिस्ट्रार प्रा डा. दाहालले छानबिन […]

पूँजी बजार अध्ययनका लागि समिति गठन

पूँजी बजारको वर्तमान अवस्थाका बारेमा अध्ययन गर्न एक समिति गठन गर्ने भएको छ। नेपाल धितोपत्र बोर्डको ३०औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले धितोपत्र बजारको समस्या समाधानका लागि समिति गठन गर्न लागिएको जानकारी दिए।...

छानबिन समिति गठन

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न ६ सदस्यीय छानबिन समिति गठन गरिएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूको निर्देशनमा उद्योग मन्त्रालयले छानबिन समिति गठन गरेको हो।...

लेटाङ घटनाको छानबिन गर्न पाँच समिति गठन

मोरङ, ९ चैत्र । मोरङको लेटाङमा महिला प्रहरी जवानको मृत्यु भएको घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गत आइतबार शिक्षा माविमा प्रहरी र स्थानीयबीच झडपमा प्रहरीको मृत्यु भएको विषयमा छानबिन गर्न बुधबार प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद चौधरीको नेतृत्वमा छानबिन समिति गठन भएको हो । चौधरीको नेतृत्वमा पाँच सदस्यीय समिति गठन भएको हो । […]

कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन

जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालको संयोजकत्वमा कपिलवस्तुमा जिल्ला नागरिक आरोग्य समिति गठन गरिएको छ। नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ अनुसार सो समिति गठन गरिएको हो।...

दुई इन्जिनियरको मृत्यु घटनाको छानबिन गर्न समिति गठन

काठमाडौं : सोलुखोला दूधकोसी जलविद्युत् आयोजनामा दुई जना इन्जिनियरको मृत्यु भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गरेको छ।ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले घटनाको सत्यतथ्य पत्ता लगाउन सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा छानबिन समिति समिति गठन गरेको हो।मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालले समिति गठन भएको जानकारी दिँदै भविष्यमा यस्ता घटना दोहोरिन नदिन कार्यविधि बनाउने जानकारी दिए। भविष्यमा यस्तो घटना नहोस् भनेर सुरक्षा मापदण्ड कार्यविधि बनाउन समिति गठन गरिएको उनले बताए।आइतबार अपराह्न आयो

उद्योग परिसंघमा तीन समिति गठन

यस्तै परिसंघका राष्ट्रिय परिषद सदस्य अनलाज भट्टराईको सभापतित्वमा बैंक तथा वित्तीय संस्था समिति गठन भएको छ ।