काठमाडौँ : राजस्व अनुसन्धान विभागले अवैध कारोबार गर्ने चार जनाविरुद्ध १५ करोड बढी बिगो कायम गरी आज सिरहा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। विभागले सिरहाको माडर बस्ने ४७ वर्षका प्रेमकुमार यादव, सोही ठाउँ बस्ने सञ्जयकुमार साह, पवनकुमार यादव र ४० वर्षका अरुण यादवविरुद्ध विदेशी विनिमय अपचलन गरी अवैध कारोबार गरेको आरोपमा मुद्दा दर्ता गरेको हो। उनीहरूमध्ये पवन र अरुण भने फरार रहेका विभागका सूचना अधिकारी नवराज अधिकारीले बताए। प्रहरीले गएको भदौ १५ गते सिरहा नगरपालिका १५ कालीचौकमा भारर्तबाट