इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जर 'एकीकृत पारिँदै'

इन्स्टाग्राम, ह्वाट्सएप र फेसबुक मेसेन्जरको मेसेजिङ सेवा एकीकृत गरिएमा त्यसले आम प्रयोगकर्तालाई के फरक पर्छ? जानौँ।

सम्बन्धित सामग्री

टिकटकिया राष्ट्रवाद

सरकारले टिकटक भन्ने चिनिया एपलाई ड्याम्मै बन्द के गद्र्याथ्यो ठीकठाकसँग चलिरहेको देश अकस्मात् ठ्याक्कै दुई भागमा विभाजित भयो । कोही भन्छन्– सरकार उल्टो बाटो हिँड्यो, कोही भन्छन्– बल्ल सुल्टो हिँड्न खोजेको छ । कोही भन्छन्– सरकारले अभिव्यक्ति स्वतन्त्रता हनन गर्‍यो त कोही भन्छन्– टिकटकले गर्दा समाजमा विकृति मौलाएकाले ठोकेर ठीक गर्‍यो । कोही भन्छन्– प्रतिगमन भो, कोही अग्रगमन । कोही भन्छन्– सरकारले अमेरिका र भारतको कुरा सुन्योे, अब चीन रिसाउँछ । यसले राष्ट्र कमजोर बनाउँछ । जे होस्, यो टिकटकिया राष्ट्रवाद केही समय त राम्रै टिक्ने देखिन्छ । हाम्रो व्यवहार र व्यापार साँच्चै अनलाइन अर्थात् डिजिटल भैसक्या बेलामा सरकारले यसरी टिकटक झ्याप्पै बन्द चाहिँ गर्न हुन्नथ्यो रे । विकृति मौलाए पनि सके नियमन, नसके अनुगमन, त्यो पनि नसके मात्रै बिस्तारै बिस्तारै बन्द गर्‍या भे चैं हुन्थ्यो रे । देश कति धेरै डिजिटल र टिकटकमय भैसकेछ भने सुन, चाँदी, हीरा, मोतीसम्म पाइने सुपरमार्केट र मलहरूमा जुम्लाको स्याउदेखि हुम्लाको हुक्कासम्म, सिन्धुलीको जुनारदेखि सिलगुडीको सुनारसम्मले टिकटकबाट अपारको व्यापार गरिरा रछन् । हुन पनि अब शोरुम सजाएर, जागीरे जोताएर र लगानी जुटाएर किन पो व्यापार गर्नु ? अल्छी ग्राहकलाई बल्छी हान्न छाडेर को टन्टा बोकोस् । सबैलाई अनलाइनमै खरीद गर्नु छ । खरीददारहरू सबै चिसो एसी चालू गरेर डबल बेडमा घुरिरहेका छन् वा भित्तामा अड्याइएका मोबाइलमै टिकटक हेर्न मस्त छन् । अनि पैसा धेरै लगानी गरेर कानूनी बाटो रोज्ने चाहिँ त्रस्त छन् । तर अहिले सुकेका नरिवल र फुकेका नेता दुवैको भाउ बढिरहेको छ । अफसिजनमा यस्तै हुन्छ । नेता सधैं नरिवलको तुलनामा ज्यादा बिकाउ हुने गरेका छन् । अमला र अम्बा कडा छन् । यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । मन्त्री, प्रधानमन्त्रीको म्युजिकल चेयर प्रतियोगिता त अहिले छैन । तर नेताहरूको सत्ताको अंशबण्डा अफेयर भने चलिरहेकै छ । युवा जति खाडीमा छन् त सीधै कुरा हो बुढाजति देश हाँक्ने गाडीमा छन् । थुप्रै महिला चुनावै नलडे पनि सांसदको कोट र साडीमा छन् । अहिले त कालाबजारी, गुण्डादेखि गल्लीको भिखारी पनि आफ्नो बोरामा एक–दुई नेताहरू लिएर विक्रीका लागि सडकमा उभिएका छन् । सँगै एकजना सेल्सम्यान अर्थात् विक्री प्रतिनिधि देखिन्छ, जो आफ्नो बोराभित्र चम्किलो खोल भएको प्याकेटमा रहेको सामान कुनै अनलाइन खरीदकर्ताको घरमा डेलिभरी दिइरहेको छ ।  यतिबेला नेताहरू बेचिनका लागि हरेक चौबाटोमा खडा छन् । सारा सामान अनलाइनमा बिकिरहेका छन् । नेताजी भने अनलाइन, अफलाइन, बेलाइन अनेक प्रकारले बिकि नै रहेका छन् । काठमाडौंदेखि पोखरासम्म, सिन्धुलीदेखि चितवनसम्म, बुटवलदेखि धनगढीसम्म सबै अनलाइन भएका छन् । बरमझिया वा भैरहवाको पेडादेखि बेलायतको मदिरासम्म । चीनको मोबाइलदेखि अमेरिकाको किताबसम्म । डिस्काउन्ड अफर, रिफरल मार्केटिङ, अफिसियल मार्केटिङ र सेल । हाकिम, नेता र जालझेल । सरकारी योजना सबै फेल । सबै बिकिरहेका छन् अनलाइनमा ह्वारह्वार ! मनलाइनलाई अनलाइन समाचार बनाएर कमाउने लाइन पनि चलेकै छन् ।  जसरी कुनै मन्त्री बिक्छ कुनै रिसोर्टमा, मुख्यमन्त्रीको लोभमा । दशैं दिशामा अनलाइनको बबण्डर आफ्नो गतिमा सबैलाई दपेटिरहेको छ, लपेटिरहेको छ । प्रत्येक प्रदेश, महानगर, नगर, गाउँपालिका र वडाहरूमा नेता हाकिम अनलाइन बिक्नका लागि ननलाइनको डोजरसँगै तम्तयार खडा छन् । मेयरदेखि शेयर बजारमा शेयर खरीद विक्री गर्नेहरू समेत टिकटक लगायतका सामाजिक सञ्जालमा महँगी र अस्तव्यस्तताका कविता फुराइरहेका छन् । धर्को तानेर शेयर बजारको भविष्यवाणी गर्नेको बोली पनि बिकेकै छ । हिजोआज केही वर्षमै अनलाइनमा यति कवि र अर्थशास्त्री जन्मिएका छन् कि त्यति त असार साउनमा भ्यागुता पनि हुन्नन् । यता भ्यागुताहरूले कविसँग तुलना गरेकोमा खेद व्यक्त गरिसकेका छन् । तर जति अनलाइन अनलाइन भनेर कुर्लिए पनि अझै युवाहरू विदेशमा जागीर वा कलेजका लागि अनलाइन फारम भरेर पासपोर्ट लिने लाइनमा छन् । बडो गज्जपको दृश्य छ देशैभरि । टिकटके र फेसबुके अफेयर, झगडा, लफडा, सम्मेलन सबै थोक भइरहेको छ । अनलाइन प्रेम भयो । अहिले अनलाइनमै मन्त्रोच्चारणसहित विवाहको कर्म पनि सम्पन्न हुन थालेको छ । आशीर्वाद पनि ई–पेमेन्टबाटै । तुरुन्त धन्यवादको जवाफको श्रव्यदृश्य । बाथरुमको सिटमै बसी बसी आफूलाई मन परेको भोजन अर्डर पनि दिन पाइने भएपछि के चाहियो ? मेनु नै मेनु । बस्, तपाईं क्लिक गर्नुस्, टच गर्नुस् अर्थात् बटन थिचिरहनुस् आफ्नो मोबाइलमा, बाँकी काम अनलाइनवालाले गर्दिहाल्छ । मोडर्न प्लेटफर्म । केही समयपछि नै तपाईंको घरअघि बाइक–गाडीवालाहरू तपाईंको अर्डर डेलिभरी गर्न घुमिरहेका हुनेछन् । अब त निकट भविष्यमै तपाईंको छतमा ड्रोनले सामान झारिरहेका दृश्य सामान्य हुनेछ । तपाईंले आफ्नो बाथरुममै बसी–बसी छतमा उडिरहेका ड्रोनलाई आफ्नो ओटीपी पासवर्ड भन्नुपर्ने हुन्छ । चाहनुभयो भने ओटीपी नुहाउँदा नुहाउँदै वा पलंगमा पल्टिरहेकै अवस्थामा पनि बताउन सक्नुहुन्छ । अनि विवाहको भोज पनि तपाईंकोमा हाजिर भइसक्छ । अनि यसरी अनलाइन विवाह सम्पन्न हुन्छ । यस्तो डिजिटल माहौलमा सरकारले यसरी हठात् टिकटक बन्द गर्न कसरी सकेको होला हँ ? नयाँ दलहरूले टिकटकबाट बल गरेर भोट बटुल्छन् भनेर डराएको कि अमेरिका र भारतले भनेर होश हराको ? खैर अहिले भने अनलाइन डेलिभरीवाला आइपुगे जस्तो छ । धेरै समयदेखि श्रीमतीजीले नेपाली किवी, एभोकाडो र ज्याकफ्रुट फर्माइस गरिरहेकी थिइन् । श्रीमतीलाई खुशी पार्ने योभन्दा उचित अवसर अरू कुनै हुन सक्ला र ? तर मलाई भने एउटा गहिरो चिन्ताले भित्रभित्रै सताइरहेको छ । टिकटक, भाइबर, ट्वीटर (एक्स), मेसेन्जर, लिन्क्डइन, ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम, डिस्कर्ड, स्काईप, टेलिग्राम, ईमेल, जीमेल के को मात्र जवाफ दिएर बसुँ ? चार दिनको जिन्दगी छ । तर दुई–दिन टेलिभिजनले लियो, दुई–दिन इन्टरनेटमा टिकटक सिकटकले वा फेसबुकले लिइरहेछ । टिकटक सदाका लागि बन्दै भएछ भने पनि अर्को कुनै पिकटक, बिगटक, बकबक, कचकच वा त्यस्तै केही नयाँ एप आउँछ नै होला । अनि हामीजस्ता मनुवालाई सताउँछ नै होला । अनि बाँच्ने चैं कहिले ? मादलको तालमा नाच्ने चैं कहिले ? त्यसरी सोच्दा चंै एक मनले भन्छ, सरकारले जुन कारणले टिकटक बन्द गरे पनि कमसेकम एउटा झण्झटबाट अहिलेलाई मुक्ति मिलेको छ । भोको पेटमा एउटा खोक्रो अभिव्यक्ति स्वतन्त्रताबाट र टिकटके राष्ट्रवादको गर्मीबाट छुट्टी मिलेको छ । तपाईंलाई चैं कस्तो लागेको छ कुन्नि ?

यी हुन् फेसबुक मेसेन्जरका केही उपयोगी रोचक फिचर

करिब डेढ अर्ब मासिक सक्रिय प्रयोगकर्ता रहेको फेसबुकको मेसेन्जर प्लेटफर्म मेसेन्जर फेसबुक जत्तिकै लोकप्रिय बनिसकेको छ । यसमा मेटा कम्पनीले विभिन्न नयाँ नयाँ फिचरहरु थपिरहेको हुन्छ । मेसेजिङ एपमा प्रयोगकर्ता संख्याको हिसाबले मेसेन्जरभन्दा अगाडि केवल ह्वाट्सएप मात्र रहेको छ । मेटा कम्पनी मातहतका फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएपलाई एकीकृत गर्ने प्रयास मार्क जुकरबर्गले गरिरहेका छन् […]

फेसबुक संस्थापक जुकरबर्गले माफी मागे

काठमाडौं । फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले फेसबुक लगायतका सोसल मिडिया प्लाटफर्म सोमबार घण्टौंसम्म अबरुद्ध भएको घटनामा माफी मागेका छन् । फेसबुक, मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम सोमबार करिब ६ घण्टा अबरुद्ध हुँदा विश्वका साढे ३ अर्ब भन्दा धेरै प्रयोगकर्ता प्रभावित भएका थिए । मार्क जुकरबर्गले आन्तरिक प्राविधिक समस्याका कारण सोसल मिडिया प्लाटफर्म अबरुद्ध भएको […]

केही घन्टा फेसबुक बन्द हुँदा जुकरबर्गलाई ६ अर्ब बढी घाटा

काठमाडौं । संसारभर विभिन्न मुलुकका प्रयोगकर्ताले करिब ६ घण्टा फेसबुक चलाउन पाएनन् । फेसबुकसँगै इन्स्टाग्राम, ह्वाट्सएप, मेसेन्जर र ओकुलसल ‘डाउन’ भएको थियो ।

फेसबुकसँगै मेसेन्जर, ह्वाट्सएप र इन्स्टाग्राम अवरुद्ध

काठमाडौं : सामाजिक सञ्जाल फेसबुकसँगै मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप चलेका छैनन्।विश्वभरिका प्रयोगकर्ताले यी सामाजिक सञ्जाल नचलेको भन्दै अर्को सामाजिक सञ्जाल ट्विटरमार्फत गुनासो गरेका छन्।सोमबार राति नेपाली समयअनुसार करिब साढे ९ बजे फेसबुक, मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप नचलेको गुनासो प्रयोगकर्ताले गरेका छन्।कम्प्युटरमा फेसबुकडटकम टाइप गर्नासाथ 'दिस साइट कान्ट बि रिच्ड' (यो साइटमा भेट्न सकिएन) सन्देश आउँछ।यस्तै मेसेन्जर र ह्वाट्सएप पनि खुलेका छैनन्। इन्स्टाग्राम फेसबुकको फोटो सेयर

विश्वभर फेसबुक, मेसेन्जर र ह्वाट्सएप डाउन

सोसल मिडिया प्लेटफर्म ह्वाट्सएप, फेसबुक, इन्स्टाग्राम र फेसबुक मेसेन्जर केही समयदेखि डाउन भएको छ ।

लोकप्रिय बन्दै टेलिग्राम, पार गर्‍यो १ अर्ब डाउनलोड

ह्वाट्सएप विवादमा तानिएसँगै लोकप्रिय बनेको इन्स्ट्यान्ट मेसेजिङ एप टेलिग्रामका प्रयोगकर्ताको संख्या एक अर्ब नाघेको छ । योसँगै टेलिग्राम एक अर्बभन्दा धेरै पटक डाउनलोड हुने विश्वको पाँचौँ एप बनेको छ । यसअघि ह्वाट्सएप, मेसेन्जर, फेसबुक, इन्स्टाग्राम, स्नापच्याट, स्पटीफाइ र नेटफ्लिक्स १ अर्बपटक डाउनलोड भैसकेका छन् । सेन्सर टावरले सार्वजनिक गरेको पछिल्लो रिपोर्ट अनुसार टेलिग्राम एपको डाउनलोड […]

https://www.onlinekhabar.com/2020/03/843217

फेसबुकले आफूमातहतका सोसल मिडिया प्लाटफर्महरूलाई एकीकृत गर्ने योजना बनाइरहेको समाचार गएको वर्ष नै आएको थियो । फेसबुक, इन्स्टाग्राम, मेसेन्जर तथा ह्वाट्सएप फेसबुक कम्पनीका मुख्य सोसल प्लाटफर्म हुन्, जसका प्रयोगकर्ताको संख्या हरेकको १ अर्बभन्दा बढी छ । …

फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपको तस्बिर समस्या समाधान

फेसबुकमा तस्बिर, भिडिओ र अन्य फाइल हेर्न देखिएको समस्याले इन्स्टाग्राम, ह्वाट्सएप र मेसेन्जर पनि प्रभावित भएको थियो।

ह्वाट्सएप, इन्स्टाग्राम र मेसेन्जरलाई एक बनाउने फेसबुकको योजना

सामाजिक सञ्जाल फेसबसकले अब फेसबुक मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने योजना बनाएको छ । योजना अनुसार अब फेसबुक प्रयोगकर्ताहरुले यी तीन एपमा एकबाट अर्कोमा मेसेज पठाउन सक्नेछन् । योजना अनुसार यी तीनवटै एपलाई एउटै एपमा समायोजन गरिनेछ । जसले गर्दा एउटै एपभित्र मेसेन्जर, इन्स्टाग्राम र ह्वाट्सएप खोल्न सकिनेछ र आफ्नो ...