मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि मकवानपुरमा मतदान केन्द्रहरू निर्माणको काम अन्तिम चरणमा पुगेको छ । भो आइतबार हुने मतदानका लागि आवश्यक पर्ने मतदान केन्द्रमा बुथ निर्माण लगायतका काम अन्तिम चरणमा पुगेको मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले जानकारी दिए ।आइतबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानका लागि कर्मचारी, सुरक्षाकर्मी र स्वयंसेवकहरू मतदान केन्द्रहरू निर्माणको काम गरिरहेका उनले बताए । प्रतिनिधिसभाको २ र प्रदेशसभाको ४ वटा निर्वाचन क्षेत्र रहेको मक