निर्वाचनले पूर्वाधार विकासका काम रोकिँदैन : मन्त्री नेम्वाङ
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनका कारण पूर्वाधार विकासका काम नरोकिने बताएका छन् । सरकारले कुनै पनि विकास आयोजनामा बजेट अभाव हुन नदिने बताउँदै मन्त्री नेम्वाङले निर्वाचनकै कारण कुनै पनि विकास आयोजनाको काम नरोकिने बताए
काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन्। मन्त्री नेम्वाङले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चार सम्बन्धी कामलाई पूर्णता दिनुपर्ने बताए। सञ्चारमाध्यामहरुले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो।
काठमाडौं, असार ११ । शहरी विकास मन्त्री वसन्त कुमार नेम्वाङले सरकारले न्यायपालिकाको स्वतन्त्रतालाई पूर्ण रुपमा सम्मान गर्ने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दे उहाँले सरकारले विगतमा पनि कानून र संविधानको पूर्ण पालना गर्दै आएको र अब पनि गर्ने उल्लेख गर्दे संसद विघटनका सम्बन्धमा न्यायपालिकाले गर्ने निर्णयलाई स्वीकार गर्ने बताउनुभएको हो । राजनीतिक अस्थिरता […]
काठमाडौं। भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गर्ने योजना रहेको बताएका छन्। आज मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रममा बोल्दै मन्त्री नेम्वाङले भने, “खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजियो। तर ढुङ्गाको संरक्षण गर्ने सरकारको नीति रहेकाले विवाद गर्नुपर्ने ठाउँ छैन।”
मन्त्री नेम्बाङले बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा एक खर्ब ६२ अर्ब ५० करोड बजेट प्राप्त भएको र त्यसलाई कार्ययोजना तयार पारेर साउन १ गतेदेखि नै प्रभावकारी ढंगले कार्यान्वयन गर्ने दाबी गरे।...
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि सरकारले असार मसान्तसम्म स्पष्ट कार्ययोजना बनाइसक्ने बताएका छन् । यसअघि बजेट त आउने तर कार्यान्वयनमा के कसरी जाने भन्ने स्पष्ट खाका तथा मोडालिटी नबन्दा बजेट कार्यान्वयनमा समस्या आउने गरेको भन्दै मन्त्री नेम्वाङले यसपटक सरकार स्पष्ट खाकासहित बजेट कार्यान्वयनमा जाने बताए । ‘बजेट कार्यान्वयनमा हामी दृढ छौं । कोभिड–१९ को महामारीका बीच पनि जनताको स्वास्थ्य सुरक्षा र मुलुकको दि
भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङले मुलुकको समृद्धिका लागि ठूलाठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तिब्रता दिनुपर्ने आवश्यकता रहेको बताएका छन् । शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्बाङले ठूलाठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताएका हुन् । नेपाल सरकारले बोकेको राष्ट्रिय आकाङ्क्षालाई पुरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताए । अहिले मुलुकमा नया
२९ चैत, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले गुणस्तरीय काम गरे नगरेको सम्बन्धमा निर्माण व्यवसायी आफैंले समीक्षा गर्नुपर्ने बताएका छन् । आइतबार नेपाल निर्माण व्यवसायी महासंघको २२ औं साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री नेम्वाङले निर्माण व्यवसायीले आफ्नो दायित्व र कर्तव्य पूरा भए नभएको आफैंले समीक्षा गर्न आवश्यक रहेको बताए । गुणस्तरीय काम […]
एजेन्सी । सरकारले गरेको पूर्वाधार विकासको कामले मुलुकको मुहार फेरिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले बताएका छन् । ओखलढुङ्गाको रामपुरमा आज आयोजित नेकपाको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा उनले वर्तमान सरकारको कामले मुलुकलाई गति दिएको दाबी गरेका हुन् ।प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार गठन भएपछि शुरु भएका भौतिक विकासका कामलाई आफू मन्त्री भएपछि थप गतिकासाथ अघि बढाएको उनले बताए । वर्तमान सरकारले तीन वर्षमा गरेका महत्वपूर्ण पूर्वाधार विकासका कामका बारेमा मन्त्री
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले निर्वाचनका कारण पूर्वाधार विकासका काम नरोकिने बताएका छन् । सरकारले कुनै पनि विकास आयोजनामा बजेट अभाव हुन नदिने बताउँदै मन्त्री नेम्वाङले निर्वाचनकै कारण कुनै पनि विकास आयोजनाको काम नरोकिने बताए । तमोर करिडोर सडकअन्तर्गत पाँचथरको हेंवा खोलामा हेंवा खेला पुल ९बेली ब्रिज०को आज शिलान्यास गर्नुहुँदै मन्त्री नेम्वाङले सरकार निर्वाचनमा जुटे पनि पूर्वाधार विकासमा कुनै पनि असर पर्न नदिन उत्तिकै सचेत रहेको बताए । “विकासका आयोजना र सामाजिक