सञ्चार क्षेत्र व्यवस्थित गर्दै आवश्यक नियमन गर्नुपर्छः मन्त्री नेम्वाङ

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले सूचना प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउन जरुरी रहेको बताएका छन्। मन्त्रालयको जिम्मेवारी सम्हाल्दै मन्त्री नेम्वाङले सूचना तथा सञ्चार प्रविधिको क्षेत्रलाई व्यवस्थित बनाउँदै आवश्यक नियमन गर्नुपर्ने बताएका हुन्। मन्त्री नेम्वाङले दुर्गम क्षेत्रमा सञ्चार सेवा पुर्‍याउनुपर्ने र सरकारले सुरु गरेका सञ्चार सम्बन्धी कामलाई पूर्णता दिनुपर्ने बताए। सञ्चारमाध्यामहरुले सही सूचना सम्प्रेषण गर्नुपर्नेमा उनको जोड थियो।