काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) मा सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले वामपन्थी आन्दोलनका मूल नेताहरू नै वाम एकताको पक्षमा नरहेको टिप्पणी गर्नुभएको छ । आज शुक्रवार प्रतिनिधि सभा बैठकमा भाग लिन नयाँ बानेश्वमा रहेकाे संसद् भवन पुग्नुभएका सम्मानित नेता खनालले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै वाम एकता देशकाे आवश्यकता भएको पनि बताउनुभयो । वाम एकता आवश्यक भए पनि वामपन्थी आन्दोलनका मूल नेता भन्नेहरू नै एकताको पक्षमा नरहेको उहाँको गुनासो थियो । उहाँले भन्नुभयो, ‘देशकाे आवश्यकतालाई ह...