गोरखा : गण्डकी प्रदेश सभाका सांसद मेखलाल श्रेष्ठले ड्युटीमा खटिएका प्रहरीलाई धम्की दिएका छन्। सांसद श्रेष्ठले शनिबार साँझ प्रदेश प्रमुख सीताकुमारी पौडेलको निवास अगाडि ड्युटिमा खटिएका वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक श्याम थापामगर माथि कांग्रेसका सांसद श्रेष्ठले हिसाव किताव हुन्छ भन्दै धम्की दिएका हुन्।कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, राजमो र स्वतन्त्र सांसद राजिव गुरुङ सहितका सांसद प्रदेश प्रमुखको निवास अगाडि धर्नामा बसेको बेला सांसद श्रेष्ठ र प्रहरीबीच भनाभन भएको थिय