काठमाडौं : बालाजुमा ड्युटीमा खटिएका ट्राफिक प्रहरीलाई घुस दिन प्रयास गर्ने दुईजना ट्रक चालकलाई पक्राउ गरिएको छ।
सोमबार साँझ करिब ६ बजे ड्युटीमा खटिएका विवेक नकालेलाई ना.५ख.६५१४ नम्बरको ट्रक चालक अनोज मोक्तानले दुई सय रुपैयाँ घुस दिने प्रयास गरेका थिए। त्यसपछि हेटौंडाका मोक्तानलाई नियन्त्रणमा लिएर प्रहरी वृत्त बालाजुमा बुझाइएको ट्राफिक प्रहारी…