राशिद खान अन्तर्राष्ट्रिय टी ट्वान्टीका कप्तान नियुक्त

अफगानिस्तान क्रिकेट बोर्डले लेग स्पिनर राशिद खानलाई अन्तर्राष्ट्रिय टी ट्वान्टीको कप्तानको जिम्मेवारी दिएको छ । मध्यक्रमका ब्याट्सम्यान जजिबुल्लाह जद्रान उपकप्तानको जिम्मेवारीमा बस्नुहुनेछ । राशिदकै नेतृत्वमा अफगानिस्तानले यसै वर्ष आयोजना हुने टी ट्वान्टी विश्वकपमा सहभागी हुनेछ । राशिदले यसअघि समेत तीन महिनाका लागि कप्तानको जिम्मेवारी सम्हाल्नुभएको थियो । सन् २०१९ को सेप्टेम्बर र नोभेम्बरमा उहाँले टी ट्वान्टी टोलिको नेतृत्व गर्नुभएको थियो । जसमा उहाँले १६ खेलमा सातमा टोलिलाई जिताउनुभएको छ ।

सम्बन्धित सामग्री

राशिद खान: शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म

चर्चाको पात्र बनेको अफगानिस्तानका कप्तान राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो।

राशिद खान: शरणार्थीदेखि अफगानिस्तानको विश्वकप योद्धासम्म

चर्चाको पात्र बनेको अफगानिस्तानका कप्तान राशिद खानलाई करोडपति क्रिकेट सुपरस्टार बनाउने यात्रा पाकिस्तानको पेशावर सहरमा बसोबास गर्ने शरणार्थीका रूपमा अत्यन्तै निराशाजनक परिस्थितिमा सुरु भयो।

हङकङमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली टोली घोषणा

नेपाली टोलीमा ए टिमका कप्तान विनोद भण्डारी, सन्दीप जोरा, राशिद खान, युवा खेलाडी आकाश चन्द, लोकेश बम, सागर ढकाल समेटिंदा राष्ट्रिय टोलीका नियमित सदस्य सोमपाल कामी र कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, आशिफ शेख, ललितराज राजवंशीका साथै अनिल सामेल छैनन् ।

असगर अफगानको कप्तानी खोसियो, हश्मतुल्लाह नयाँ कप्तान नियुक्त

अफगानिस्तान क्रिकेट बोर्डले असगर अफगानलाई कप्तानबाट हटाएको छ । जिम्बाबवे विरुद्धको श्रृङ्खलाको क्रममा असगर अफगानको नेतृत्वबाट असन्तुष्ट बनेको बोर्डले उहाँलाई कप्तानको जिम्मेवारीबाट हटाएको छ । हश्मतुल्लाह शाहिदी अफगानिस्तान क्रिकेट टोलिको टेष्ट र एकदिबसीय क्रिकेट टोलिको कप्तान नियुक्त हुनुभएको छ । उहाँ मध्यक्रमका ब्याट्सम्यान हुनुहुन्छ । रहमत शाह उपकप्तान नियुक्त हुनुभएको छ । अन्तर्राष्ट्रिय टी ट्वान्टीको कप्तान भने नियुक्त गरिएको छैन् । राशिद खान अन्तर्राष्ट्रिय टी ट्वान्टीको उपकप्तानको जिम्मेवारीमा भने रहीरहनुहुनेछ ।

राशिद खान अफगानिस्तान क्रिकेट टिमको कप्तान

एजेन्सी । अफगानिस्तानको राष्ट्रिय क्रिकेट टिममा राशिद खान कप्तान नियुक्त भएका छन् । अफगानिस्तान क्रिकेट

अफगानिस्तानका बलर रसिद खानकाे नयाँ कीर्तिमान

अफगानिस्तानका १९ वर्षीय कप्तान राशिद खान फेरि एकपटक दोहोरो इतिहास रच्ने अभियानमा जुटेका छन्। उनले यसअघि नै क्रिकेटका दिग्गज खेलाडीलाई पछाडि पारिसकेका छन्। उनी...

राशिद खान विश्व क्रिकेटका सबैभन्दा युवा कप्तान !

फागुन १७ – आउँदो मार्च ४ का दिन अफगानी युवा क्रिकेटर राशिद खानले इतिहास रच्दैछन् । अफगानी युवा लेग स्पिनर राशिद खान आइसीसी विश्वकपको छनोट प्रतिय...