टेलिकमको कर्मचारी आन्दोलन स्थगित : संशोधन गर्न सहमति

नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्त भएको व्यक्तिलाई स्वतः अवकाश हुने व्यवस्थाको विनियमावली संशोधन सहितको २१ बुँदे सम्झौतापछि नेपाल टेलिकमको २१ दिन लामो कर्मचारी आन्दोलन स्थगित भएको छ ।टेलिकम व्यवस्थापनविरुद्ध कर्मचारीले साउन ५ गतेदेखि सुरु गरेको उक्त आन्दोलन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालको पहलमा २१ बुँदे सहमति पछि स्थगति भएको हो […]

सम्बन्धित सामग्री

विद्यालय कर्मचारीको माग ऐनमा समेटिने

सेवा सुविधा र दरबन्दी तोक्नुपर्ने माग राख्दै गत जेठ २१ गतेदेखि आन्दोलनरत सामुदायिक विद्यालयका कर्मचारी र शिक्षा मन्त्रालयबीच मंगलबार सहमति भएको छ । प्रस्तावित शिक्षा ऐनमा कर्मचारी (लेखापाल र कार्यालय सहयोगी) को सेवा सुविधा र दरबन्दी तोकिने सरकारी प्रतिबद्धतापछि आन्दोलन स्थगित गरिएको नेपाल विद्यालय कर्मचारी परिषद्का महासचिव शान्तिनाथ योगीले बताए ।

हाकिमको सरुवा गर्ने सहमति पछि आन्दोलन स्थगित

प्रमुख प्रशासकीय अधिकृतले मनोमानी गरेको भन्दै लमही नगरपालिकामा कार्यरत कर्मचारी र जनप्रतिनिधिको आन्दोलन स्थगित भएको छ । आन्दोलनरत कर्मचारी, जनप्रतिनिधि बिचको प्रमुख प्रशासकीय अधिकृतलाई सरुवा गर्न आग्रह गर्ने सहमति पछि आन्दोलन स्थगित भएको हो ।

सहमतिपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । कर्मचारी र बोर्ड व्यवस्थापनबीचको आज भएको वार्तामा सहमति भएपछि राष्ट्रिय परीक्षा बोर्डका कर्मचारीको आन्दोलन स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्ड कर्मचारी संघ नेपाल केन्द्रीय समितिले पाँचबुँदे माग प्रस्तुत गर्दै बुधबारदेखि बोर्डमा सुरु गरेको आन्दोलन आजको वार्तामा सहमति बनेपछि स्थगित गरिएको संघका अध्यक्ष नरेन्द्रप्रसाद ढकालले जानकारी दिए । गत साउन...

खोसियो निगमबाट डिम प्रकाशको कार्यकारीको अधिकार, के हुन्छ कर्मचारीको आन्दोलन ?

सरकारले युवराज अधिकारीलाई नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्षमा नियुक्त गरेसंगै निगमकका महाप्रबन्धक पदमा रहेका डिम प्रकाश पौडेलको कार्यकारी जिम्मेवारी खोसिएको छ। सरकारले सुशील घिमिरेले निगमको अध्यक्षबाट दिएको राजिनामा स्वीकृत गर्दै अधिकारीलाई अध्यक्षमा नियुक्त गरेको हो।  तर निगमको अध्यक्षमा नियुक्त गर्ने क्रममा सरकारले अधिकारीलाई कार्यकारी अधिकार दिएर कार्यकारीको जिम्मेवारी दिएको हो। यससंगै निगमका कार्यकारी अधिकार सहित महाप्रबन्धक बनेका डिम प्रकाश पौडेलको कार्यकारी अधिकार खोसिएको छ। सरकारले झन्डै एक सय दिनदेखि आन्दोलनमा रहेर हाल स्थगित अवस्थामा रहेका निगमका कर्मचारीहरुको एउटा माग सम्बोधन हुने गरि अधिकारिलाई नियुक्त गरेको बताइएको छ।  निगमलाई निजीकरण गर्ने बहानामा निगमलाई कौडीको भाऊमा बिक्रि गर्ने निर्णय गरेको आरोप लगाउदै निगमका कर्मचारीहरु झन्डै एक सय दिनदेखि आन्दोलनमा थिए। संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले कात्तिक १० गतेभित्र कर्मचारीहरुको माग सम्बोधन गर्ने प्रतिबद्दता जनाएपछि निगमका कर्मचारीहरुले आन्दोलन स्थगित गरेका थिए। यस अगाडी: - मन्त्री आलेले गरे निगमका कर्मचारीसँग 'अनौठो' सहमति, अप्ठ्यारोमा महाप्रबन्धक पौडेल- महाप्रबन्धक पौडेलमाथि वायुसेवा निगमलाई कौडीमा बेच्न लागेको आरोप, कसरी खुल्यो पोल ?के हुन्छ निगमका कर्मचारीको आन्दोलन ?महाप्रबन्धक पदबाट डिम प्रकाश पौडेलको राजिनामा सहित बिभिन्न चार बुंदे माग राखेर आन्दोनमा उत्रिएका निगमका कर्मचारीहरुको आन्दोलन अब के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। यद्दपी सरकारले कात्तिक १० गते भित्र आफुहरुको माग सम्बोधन गर्ने प्रतिबद्दता दिएकाले त्यो समय पर्खने र त्यसपछि थप निर्णय लिने नेपाल बायुसेवा निगमका आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष पर्सुराम ज्ञवालीले बिजपाटीलाई बताए। सरकारले कार्यकारी सहितको अधिकार दिएर अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेपनि महाप्रबन्धक पदमा रहेका डिमप्रकाश पौडेलको के हुन्छ भन्ने स्पष्ट भईनसकेकाले एउटा माग पुरा भयो भन्ने पक्षमा ट्रेड युनियन नभएको ज्ञवालीले बताए। निगमलाई निजीकरण गर्नेगरि निगम संचालक समितिले स्वीकृत गरेको प्रस्ताव, महाप्रबन्धक पदबाट दिप प्रकाश पौडेलको राजिनामा, स्वार्थ बांझिने संचालकको राजिनामा लगायतका माग राख्दै निगमका सम्पूर्ण कर्मचारी आन्दोलनमा उत्रिएका थिए।

टेलिकम कर्मचारीको आन्दोलन स्थगित

काठमाडौं । साउन पहिलो सातादेखि विभिन्न माग राखेर नेपाल टेलिकमको मुख्यालय घेराउ गर्दै आएका टेलिकमका कर्मचारीले आन्दोलन रोकेका छन् । टेलिकमका कर्मचारी र व्यवस्थापनबीच १९ बुँदे सहमति भएसँगै टेलिकममा क्रियाशील तीन वटा ट्रेड युनियनहरुले आजैदेखि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । शनिबार व्यवस्थापनसँग भएको सहमतिलाई अनुमोदन गर्नेदेखि आगामी रणनीति तय गर्न अहिले ट्रेड युनियनहरुको […]

टेलिकमका कर्मचारीको आन्दोलन स्थगित

आन्दोलनरत नेपाल टेलिकमका आन्दोलनरत कर्मचारीले आन्दोलन रोकेका छन् । टेलिकम व्यवस्थापनसँग २९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित गरेका हुन् ।  टेलिकमका तीनैवटा कर्मचारी ट्रेड युनियनहरु ‘कर्मचारी विनियमावली’ को विरोध गर्दै आन्दोलनमा उत्रिएका थिए । ४० दिनभन्दा बढी आन्दोलन गरेपछि कर्मचारी र टेलिकमको व्यवस्थापनबीच सहमति बनेको हो ।खासगरी, नवौं तहसम्मका कर्मचारीलाई ट्रेड युनियनको मान्यता दिने प्रावधान घटाइएपछि कर्मचारी आन्दोलित बनेका थिए । उक्त प्रावधानलाई घटाएर व्यवस्थापनले ७ तहमा झारेको

नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको आन्दोलन स्थगित

काठमाडौँ । आन्दोलनमा उत्रिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका कर्मचारीहरूले आन्दोलन स्थगित गरेका छन् । प्राधिकरण व्यवस्थापन पक्ष र कर्मचारी सङ्गठनहरूबिच मंगलबार सहमति भएसँगै महानिर्देशकको कार्यकक्षमा लगाएको ताला खोलेर कामकाज सुचारु गर्न कर्मचारीहरूले राजी भएका हुन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन, युरोपेली युनियन र अन्य नागरिक उड्डयनसँग सम्बन्धित अन्तर्राष्ट्रिय सङ्घ संस्थाले नेपालको उडान र हवाई सुरक्षाको […]