फिलिपिन्समा पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा निर्वाचित भएका छन् । त्यसैगरी उपराष्ट्रपतिमा वर्तमान् राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा निर्वाचित भइन् । पूर्व राष्ट्रपति मार्कोस र वर्तमान राष्ट्रपति डुटेर्टेले तालमेल गरेर निर्वाचनमा उम्मेदवारहरू उठाएका थिए । दुई प्रभावशाली राजनीतिक नेताहरूको तालमेलका कारण उनीहरूका दुवै उम्मेदवार अत्यधिक मतान्तरका साथ मङ्गलबार विजयी भएका छन् । राष्ट्रपतिका उम्मेदवार मार्कोस जुनियरले कुल मतको ५६ प्रतिशत मत