रौतहटको फतुवा बिजयपुर नगरपालिकामा मतदान भएको भन्दा बढी मत मतपेटिकामा भेटिएपछि मतगणना अवरुद्ध भएको छ । फतुवा विजयपुर ३ मेवा अन्तर्गत आधारभूत विद्यालयको मतपेटिकामा ४७ थान मतपत्र बढी भेटिएपछि आइतबार रातिबाट मतगणना अवरुद्ध भएको हो ।मतदानपछि मुचुल्कासहित सिल गरेको मतपेटिकामा १५७६ मतपत्र हुनुपर्नेमा गन्दा ४७ मत बढि भेटिएपछि नेकपा एमाले, माओवादी केन्द्र र समाजवादीका मेयरका उमेदवारहरूले मतगणना अवरुद्ध गरेका हुन् । मतगणना अवरुद्ध हुँदा तनावको अवस्था देखिएको छ । एमाले मेयरका उम्मेदवार बिजय